सस्तो र स्तरीय प्रभु टिभी अब केबल, एन्टेना अनि छाता बिना नै घर घरमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ जेष्ठ २०७५, शुक्रबार १३:१५

प्रभु समूहले केबल, एन्टेना तथा छाता बिना नै डिजिटल टेरेस्ट्रियल टेलिभिजन (डीटीटी ) प्रविधिमा आधारित प्रभु टिभी संचालनमा ल्याएको छ । डाइरेक्क टु होम (डीटीएच) प्रविधिको डिस होम सञ्चालन गरिरहेको प्रभु समूहले नेपालमै पहिलोपटक डीटीटी भित्र्याएको हो ।अबको एक महिनाभित्रमा नै व्यवसायिक प्रशारण गर्ने गरी प्रभुले गृहकार्य गरिरहेको छ । मासिक ३ सय रुपैयाँमै आम नागरिकले यो सेवा लिन सक्नेछन् ।

प्रभु टेलिभिजनले पहिलो चरणमा काठमाडौं, पोखरा र चितवनबाट यो सेवाको परीक्षण सुरुवात गरेको छ ।   टेरेस्ट्रियल नै भएपनि प्रभु टिभीले आफूले सेवा दिने क्षेत्रका ९० प्रतिशत क्षेत्रमा एन्टेना नै राख्नु नपर्ने बताएको छ । कम्पनीले ग्राहकलाई दिने डिभाइसले नै च्यानलहरु रिसिभ गर्नेछ । प्रभुले डीटीएचमा जस्तै टेलिभिजनका प्याकेज दिनेछ । एउटै प्याकेजमा सबै च्यानलहरु समेटिने बताइएको छ । अधिकांश च्यानलहरु एचडी क्वालिटीमा हुने प्रभु टिभीको भनाइ छ ।

यो अन्यभन्दा सस्तो र स्तरीय भएकाले ग्राहकको रोजाइमा पर्ने प्रभु टिभी विश्वस्त छ । यो प्रविधिमा आधारित भएर ग्राहकले सस्तो मूल्यमा नै डिजिटल टेलिभिजन हेर्न पाउनेछन् । यसले अडियो र भिडियोलाई डिजिटल क्वालिटीमा सम्प्रेषण गर्छ । यसले मल्टिप्लेक्स सिग्नल दिने भएकाले नै यो स्तरीय मानिन्छ । टिभी हेर्दा सफा दृष्य नआउने र कमजोर ध्वनी आउने लगायतका समस्या यो प्रविधिमा नरहने दाबी कम्पनीको छ ।

यो टेलिभिजन जडान गरेपछि फ्रिक्वेन्सीमार्फत च्यानलहरु प्रशारण हुने भएकाले वर्षातका कारण सिग्नल नआउने, तार छिन्ने लगायतका अवरोधहरु नहुने प्रभु टीभीको भनाई छ । त्यस्तै, घर तथा कोठा सर्दा समेत यसलाई सँगसँगै लैजान सकिन्ने छ । यो प्रविधिमा च्यानल रिसिभ गर्ने डिभाइससँगै टेलिभिजन सेटलाई यताउता सारेर हेर्न सकिने भएकाले निकै उपयोगी पनि हुने विश्वास लिइएको छ ।

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१