सेनाको हेलिकोप्टर निजी क्षेत्रको तेल ओसार्न प्रयोग

काठमाडौं । विपत् व्यवस्थापन क्षमता अभिवृद्धिलगायत आपतकालिन अवस्थामा उडान भर्ने नेपाली सेनाको हेलिकोप्टर निजी क्षेत्रको तेल ओसार्न प्रयोग हुने भएको छ ।

नेपाली सेनाको एमआई(१७ हेलिकोप्टर शुक्रबार निजी क्षेत्रको तेल ओसार्न हुम्ला जान लागेको छ ।

निजी क्षेत्रका हेलिकोप्टरका लागि इन्धन बोकेर सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको हो । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा समाचार छापेको छ ।

यस्तो कामका लागि सामान्य निजी क्षेत्रलाई अवसर दिइने भए पनि सेनाले विशेष कामका लागि प्रयोग हुने आफ्नो हेलिकोप्टर प्रयोग गर्न लागेको हो ।

सेनाले हेलिकोप्टर खरिद गर्दा सैन्य गतिविधि तथा विपत् व्यवस्थापनका लागि प्रयोग गर्ने भन्ने प्रस्ताव गर्छ ।

शुक्रबार, जेष्ठ ४, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री