पार्टी एकता घोषणा, नेता ओलीको सनसनीपूर्ण भाषण (पूरा भिडियो)

काठमाडौं । नेपाली कम्युनिष्ट इतिहासकै सबैभन्दा महत्वपूर्ण दिन । दुई ठूला कम्युनिष्ट दल मिलएर नयाँ पार्टीको घोषणा हुँदा त्यो क्षण निकै कौतुहलपूर्ण र सर्वाधिक चासोमा रह्यो ।समकालिन कम्युनिष्ट आन्दोलनका दुई ठूला नेताहरू केपी शर्मा ओली र प्रचण्डबीचको यो मिलनले नेपालको ठूलो क्युनिष्ट जनमतलाई एकाकार गरेको छ । नयाँ दल दर्ता गर्ने गरि नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको निर्णय लगतै आजै पार्टी एकताको घोषणा गरिएको छ । पार्टी एकतालाई निर्णायक रूप दिँदै दुबै दल मिलेर नयाँ दल ‘नेकपा कम्युनिष्ट पार्टी’ बनेको छ ।

केपी ओलीको  पार्टी एकता घोषणा भाषण ऐतिहासिक महत्वको बन्यो । ओली अगाडि भाषण गरेका प्रचण्ड भावुक बनेर भक्कानिएका थिए । ओलीले प्रचण्डलाई यो ऐतिहासिक क्षणमा प्रचण्डजी भावुक हुनुभयो भन्दै कम्युनिष्ट संस्थापक पुष्पलाल भएका भए आजा खुसीले नाच्ने भन्दै प्रचण्डलाई खुसीले भावुक बनेकोप्रति सहानुभुती सुनाउँदा हलमा चर्को हुटिङ चल्यो । ओलीको भाषण प्रायः चोटिलो नै हुन्छ । तर आजको उनको भाषण ऐतिहासिक महत्वको पनि बन्यो । उत्तिकै हसाए, उत्तिकै घोचपेच गरेर ओलीले हलको माहोल निरन्तर तताइरहे । सुन्नुस् ओलीको आजको भाषणको पूरा अंशः (भिडियो)

 

शुक्रबार, जेष्ठ ४, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री