एकताको खुशीयालीमा काठमाडौँमा दीपावली, बालुवाटारमा शीर्ष नेताले काटे केक

काठमाडौँ  । नेकपा (एमाले)  र माओवादी केन्द्रबीच एकता घोषणा भएपछि नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा खुशीयाली मनाउँदै दीपावली गरेका छन् । राष्ट्रियसभा गृहमा साँझ ऐतिहासिक एकता घोषणाको स्वागतमा ठाउँठाउँमा दीपावली भयो । यसैगरी, एकताको खुशीयालीमा प्रधानमन्त्री निवास बालुवाटारमा रात्रि भोजको आयोजना गरिएको छ । पार्टीका केन्द्रीय सदस्यहरुका लागि आयोजित कार्यक्रममा शीर्ष नेताहरुले केक काटेर उत्सवसमेत मनाएका छन् ।

शुक्रबार, जेष्ठ ४, २०७५ मा प्रकाशित

सम्बन्धित सामाग्री