पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले चार दिने मोटरसाइकल रयाली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ जेष्ठ २०७५, शुक्रबार ०५:०३

काठमाडौ । पर्यटन पबद्र्धन गर्ने उद्धेश्यका साथ बुद्ध बल्र्ड राइटर्स नेपालको आयोजनामा शुक्रबार देखि चार दिने मोटरसाइकलको आयोजना गरिने भएको छ ।
जिफन्ट मजदुर नेता एवं बुद्ध वल्र्ड राइटर्स नेपालका अध्यक्ष माधब पाण्डेको नेतृत्वमा हुने र्याली शुक्रबार बिहान ७ बजे भृकुटी मण्डपबाट पर्यटन मन्त्री रबिन्द्र अधिकारीले बिदाई गर्नुहुने कार्यक्र रहेको छ ।
सो र्यालीमा सहभागी हुनेहरुलाई प्रशिक्षण दिने उद्धेश्यले बिहीबार आयोजना गरिएको कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ पत्रकार एवं नेपाल टेलिभिजनका बोर्डअफ डाइरेक्टर टंक पन्तले पर्यटन प्रबद्र्धन गर्ने महान उद्धेश्यका साथ हुन गैरहेको चार दिने कार्यक्र पर्यटन बिकासका ऐतिहासिक हुने बताउनुभएको छ ।
उहाले रयालीमा सहभागी हुनेहरुलाई नेपालको राष्टिय झण्डा हस्तान्तरण गर्दे समृद्धि र बिकासका लागि प्रमुख आधार भनेकै पर्यटनको बिकास भएको उल्लेख समेत गर्नुभएको छ । सहभागीहरुले आपनो मोटरसाइकलमा नेपालको राष्टिय झण्डा राखेर यात्रा गर्नुृहुने छ ।
१५ महिला सहित १ सय जना सहभागी हुने रयाली काठमाडौबाट चितवन , परासी , नबलपरासी , रुपन्देही हुदै लुम्विनी , तिलौराकोट पुग्ने छ । बुद्धको जन्मभुमि हुदै पाल्पा रानीमहल , बुटवल देबदह , तिलोत्तमा नगरपालिका पुग्ने छ ।ऐतिासिक पर्यटकीय क्षेत्रको बिकास र प्रचार प्रसारसंगै आबश्यक महत्वपुर्ण जानकारी लिई राष्टिय अन्तराष्टियस्तरसम्म पुरयाउने योजना रहेको अध्यक्ष माब पाण्डेले बताउनुभएको छ ।
बुटवलमा स्थानीय पत्रकारहरुको सहयोगमा पर्यटन प्रबद्र्धन सबन्धी एैतिहासिक फोटो प्रदर्शनी समेत गर्ने र तिलोत्तमा नगरपालिकामा बिेशष कार्यक्रम पनि गरिने भएको छ । चार दिने र्यालीलाई बिभिन्न ठाउमा स्थानीय सरकारले स्वागत सत्कार गर्ने भएका छन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१