सुन तस्करीका मुख्य नाइके गोरेले यसरी दिएका थिए, सनमसहितलार्य यातना (भिडियोसहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ जेष्ठ २०७५, शुक्रबार ०४:३९

मोरङ  । बहुचर्चित सुन काण्डका नाइके गोरे उर्फ चुडामणि उप्रेतीले सनम
शाक्यलगायतलाई चरम यातना दिएको भिडियो सार्वजनिक भएको छ । गोरेले
उर्लाबारी–७ का सनम शाक्य, कृष्ण कार्की र उर्लाबारी–४ का मने काफ्लेलाई
चरम यातना दिएको भिडियो सार्वजनिक भएको हो  । उनले तीनै जनालाई पालैपिलो
करेन्ड लगाउँदै यातना दिएका थिए । यातनाकै क्रममा सनम शाक्यको मृत्यु
भएसँगै गोरेको सुन तस्करीका कनेक्सन बाहिर आएको थियो । सुन तस्करी र
उर्लाबारीका सनम शाक्य हत्या मुद्दामा प्रतिवादीतर्फका कानुन व्यबसायीले
बिहीबारसम्म ४२ जनाले बहस गरेका छन् । मोरङ जिल्ला अदालत समक्ष ‘थुनछेक
बहसमा’ प्रतिवादीतर्फका कानुन व्यबसायीहरुले सुरु गरेको पाँचौ दिन
बिहीबार सात जना कानुन व्यबसायीहरुले मात्र बहस गरे । अन्य दिनको तुलनामा
भन्दा पाँचौ दिन कम संख्यामा प्रतिवादीतर्फका कानुन व्यवसायीहरुले बहस
गरेका हुन् । बिहीबार राजु महर्जनको पक्षमा हेमराज पन्तले बहस गरेका थिए
। एलपी भन्ने लालबहादुर मगरको पक्षमा अधिवक्ता मुक्तिानाथ सुवेदी र
यज्ञप्रसाद सिवाकोटीले बहस गरे । भुजुङ्ग गुरुङको पक्षमा देवी बहादुर
घिमिरेले बहस गरेका थिए । त्यस्तै अधिवक्ता शंकर थापाले डियसपी प्रजित
केसी र अमरमान डंगोलको पक्षमा प्रतिरक्षा गर्दै बहस गरेका थिए । पूर्व
डिआइजी गोविन्द निरौलाको पक्षमा अधिवक्ता भानुभक्त निरौला र रमेश
कोइरालाले बहस गरेका थिए । उनीहरुले प्रतिवादीतर्फबाट बहस गर्दै
अभियुक्तहरुको प्रतिरक्षा गर्दै बहस गरे । यस अघि ३५ जना प्रतिवादीतर्फका
कानुन व्यबसायीहरुले अभियुक्तको बचाउँदै गर्दै बहस गरिसकेका छन् ।बादीको
तर्फबाट सरकारी वकिलहरुले बहस शुक्रबार सकिएपछि प्रतिवादीतर्फका कानुन
व्यवसायीहरुले आइतबारदेखी थुनछेक बहस सुरु भएको हो । यो मुद्दाका ६३
प्रतिवादीमध्ये प्रहरी नियन्त्रणमा रहेका ३० जना अभियुक्तहरुको तर्फबाट
६८ जना कानुन व्यवसायीहरुले बहस गर्नेछन् ।
https://youtu.be/BNx0NIfadtU

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०