माधव नेपालसँग नजिकिँदै प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०७५, बुधबार ०४:३०

काठमाडौं। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग निकै चरणमा ‘वान टू वान’ वार्ता गरेको माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमालेकै अर्का नेता माधव नेपालसँग पार्टी एकताका विषयमा छलफल गरेका छन्। पार्टी एकताले गति नलिइरहेका बेला अध्यक्ष दाहाल र नेता नेपालबीच मंगलबार ललितपुरको च्यासलस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा लामो छलफल भएको हो। पछिल्लो समयमा पार्टी एकताका विषयमा माओवादी नेताहरुले सशंकित हुन थालेका छन्।

प्रधानमन्त्री ओलीले एकलौटी ढंगले सरकार संचालन गरेको, आफ्ना मन्त्रीलाई वाइपास गरेको र एकताका विषयमा पनि एमाले अध्यक्ष ओलीले पेल्न खोजेको भन्दै माओवादी सशंकित बन्न पुगेको छ।

एमालेभित्र माधव नेपाल पक्षलाई कुनै बेला केपी ओलीपक्षधरले कर्नरमा बनाएपछि दाहाल र नेपाल नजिएिका थिए। तर, अहिले फेरि ओली र नेपाल नजिकिएपछि दाहाल थप सशंकित भएका छन्। एमाले र माओवादीबीच एकताकालागि धेरै विषयमा सहमित भइसकेपनि माओवादीले बराबरी हैसियतमा एकता गर्नुपर्ने अडान राख्न थालेपछि एकता प्रक्रियाले गति लिन सकेको छैन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१