स्मार्ट लाइसेन्स नवीकरण अब ६ ठाउँबाट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०७५, बुधबार ०४:२४

काठमाडौँ। यातायात व्यवस्था विभागले देशका ६ स्थानबाट सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) नवीकरण गर्ने भएको छ । लाइसेन्स नवीकरण गर्न सेवाग्राहीले घण्टौं धाउनु पर्ने बाध्यता हटाउन विभागले ६ स्थानबाट चालक सवारी चालक अनुमतिपत्र नवीकरण गर्ने भएको हो।

सवारी चालक अनुमतिपत्र नवीकरण सहज बनाउने उद्देश्यका साथ यातायात व्यवस्था सेवा कार्यालय विराटनगरबाट सो लाइसेन्स नवीकरणको काम शुरू भइसकेको छ । विभागले स्मार्ट लाइसेन्सको सिस्टम जडान भएपछि बाँकी पाँच स्थानबाट पनि नवीकरण गर्ने भएको छ ।

विभागले इलाम, बर्दिवास, भरतपुर, सुर्खेत, डडेलधुराबाट पनि तत्काल सवारी अनुमतिपत्र नवीकरण गर्ने तयारी गरिरहेको छ । यातायात व्यवस्था विभाग अन्तर्गत देशभर १६ वटा यातायात कार्यालय सञ्चालनमा छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०