वीर अस्पतालको मुहार फेरिदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०७५, बुधबार ०४:१७

काठमाडौं । देशकै पुरानो वीर अस्पतालले अहिले आफ्नो स्वरुप परिवर्तन गर्दै छ। हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’को टोली अस्पतालको रङरोगनमा व्यस्त छन् भने त्रिभुवन विमानस्थल र पशुपतिनाथ क्षेत्र सफाइ गरेका खेम शर्माको टोली,चक्रपथ सरसफाई अभियानताको टोलि  शौचालय, भित्ता र भुइँको सरसफाइमा व्यस्त छन्।

अस्पतालको पुरानो संरचनाका कारण विगतमा फोहोर र दुर्गन्धित बनेको अस्पताल अहिले क्रमशस् चम्किलो र सुन्दर देखिँदै गएको छ। अस्पतालको मुहार फेरिँदै गएपछि कर्मचारीहरु समेत दंग परेका छन्।
पहिलेको र अहिलेको अस्पतालमा आकाश-जमिनको फरक छ। मिहिनेत गर्दा नहुने केही रहेनछ। अस्पतालमा सफाइ गर्ने मानिस भए पनि सायद व्यवस्थापनकै कमजोरीले होला, अहिलेसम्म सरसफाइ हुन सकेको थिएन। तर, काम गर्न इच्छा र आँट गर्‍यो भने त सबै चिज गर्न सकिँदो रहेछ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१