खुर्सानीको प्रयोग गरेर कसरी मिठो दही जमाउने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०७५, बुधबार ०४:०६

दही धेरैलाई मन पर्छ तर यसलाई कसरी जमाउने भन्ने तरिका सबैलाई थाहा नहुन पनि सक्छ । हामी डेरीबाट दही ल्याउदा जमेको राम्रो ल्याउँछौ तर आफैले जमाउन भने जान्दैनौ किनकी हामीलाई तरिका थाहा छैन । जमेको दही सबैलाई मन पर्छ । यसरी राम्रोसँग जमाउन सकिन्छ दहिलाई ।

दहीबाट दही जमाउने यो दही जमाउने पपुरानो तरिका हो । यसको लागि सुरुमा दहीलाई उमाल्नु पर्छ र एकछिनको लागि छोडिदिनुपर्छ । दूध हल्का मनतातो भएपछि त्यसमा २ चम्चा दही राख्नुपर्छ । दही राखिसकेपछि त्यसलाई राम्रोसंग फिटेर मिसाउनुपर्छ । यसरी मिसाइसकेपछी त्यसलाई ३९४ घण्टाको लागि छोडिदिनुपर्छ । दही जमिसकेपछी त्यसलाई अझै सारो बनाउन फ्रीजमा पनि रख्न सक्नुहुन्छ ।

माइक्रोवेव ओवनमा दही जमाउने यदि तपाई चाडै दही जमाउन चाहनुहुन्छ भने मन्द तातो दूधलाइ दहीको तर लगाएर तयार गरेर राख्ने । त्यसपछि माइक्रोवेवलाई १८० डिग्री तापमानमा दूइ मिनेट सम्म प्री हिट गरेर स्विच अफ गर्ने र दूधको भाडालाई राखेर तिन चार घण्टको लागि छोडिदिने । तपाइ श्वादिष्ट दही पाउनु हुन्छ ।

खुर्सानी राखेर दही जमाउने खुर्सानी को सहायताले पनि तपार्इ दही जमाउन सक्नुहुन्छ । यसको लागि रातो खुर्सानीको आवश्यकता पर्दछ । आधा लिटर दूधलाई उमाल्ने र त्यसलाई मन्द तातो हुनसम्म छोडिदिनुपर्छ । जब दूध मन्द तातो हुन्छ त्यसमा ३र ४ वटा डाठ सहितको रातो खुर्सानी राखेर छोपिदिने । रातो खुर्सानीमा ल्यक्टोबेसिलस ब्याक्टेरिया हुन्छ जसले दूधलाई दही बन्नमा मदत गर्दछ र दहीलाई गाढा पनि बनाउदछ । याद राख्नुस ,दही जमाउदा दूध धेरै तातो र धेरै चिसो हुनुहुदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१