निदाएर तलब पकाउँदै सरकारी शिक्षक, कसले गर्ने कारबाही ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०७५, बुधबार ०३:५७

सिन्धुली । अहिले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा एउटा सरकारी शिक्षकको तस्वीर भाइरल बनिरहेको छ । त्यो श्री कालिका माध्यमिक विद्यालय कामनामाई नगरपालिका, धमिले जरायोटार, सिन्धुलीका सरकारी शिक्षक ‘केशव’ भनेर चिनिने चित्रकुमार दाहालको तस्वीर भएको बताइएको छ ।

शिक्षकको ड्रेसमै अफिसमा मस्त निदाएका दाहाल

दाहाल निम्न माध्यमिक तहका स्थायी शिक्षक हुन् । तर निम्न माध्यमिक तहको शिक्षक भए पनि उनले माविसम्मै पढाउँदै आएका छन् । उनले कक्षा नौ, दश र प्लस टुका विद्यार्थीलाई अर्थशास्त्र पढाउँछन् भने कक्षा छ र सातलाई नेपाली विषय पढाउँछन् । उनी समयमा विद्यालय नपुग्ने र बेलाबेलामा अफिसमै सुतेर मस्त निदाउने भएकाले चर्चामा आएका छन् । र, विद्यालयको समय नसकीकनै घर फर्किने गरेका छन् ।

स्थानीय अभिभावकका अनुसार दाहाल अफ्नो घण्टीमा मात्रै विद्यालय जाने र आफ्नो घण्टी सकिएपछि घर फर्कने गरेका छन् । जबकि सरकारी विद्यालयमा भने बिहान १० बजेबाट बेलुका चार बजेसम्म अनिवार्य बस्नुपर्ने हुन्छ । तर शिक्षक दाहालले भने विद्यालयको नियम कानुनसम्म उल्लङ्घन गरेका छन् ।

पूर्वविद्यालय व्यावस्थापन समितिका अध्यक्ष बुद्धिराज श्रेष्ठका अनुसार शिक्षक दाहालको सदरमुकामा ‘उसा बुक स्टेशनरी’ समेत रहेको छ । ‘उनको स्टेशनरीबाट विद्यालयले किताब लिन नमानेपछि विद्यालयमा कुरा मिलेको थिएन । त्यसैले पनि उनी यसरी निदाएको फोटो कसैले खिचेको हुन सक्छ,’ श्रेष्ठले भने, ‘बेलाबेला अफिसमै सुतिरहने उनको बानी कुनै शिक्षकलाई मन परेको थिएन होला, अब मस्त सुतिरहेको बेला फोटो खिचेर पोस्ट गरिदिए ।’

सोही विद्यालयका प्रध्यानध्यापक श्रेष्ठ कुमार श्रेष्ठका अनुसार शिक्षक दाहाल समयमा विद्यालय उपस्थित नहुने र बेलाबेलामा सुत्ने गरेको धेरै भयो । आफू विद्यालयमा नभएको बेला अफिसमै सुत्ने गरेको प्रधानध्यपक श्रेष्ठको दाबी छ । उनले भने, ‘म भाइको विवाहमा गएको थिएँ । तेही बेला फेरि सुत्नुभएछ । कसले खिचेर पोस्ट गर्नुभयो । बिस्तारै भाइरल हुँदै गयो । मलाइ पनि अन्य साथीहरूले लिक पठाइदिनु भयो अनि मात्र देखेँ ।’

उनले थपे, ‘बेला(बेलामा सुतिराख्नुहुन्छ तर यसरी सुतेको चाहिँ पहिलोपटक देखेको हुँ ।’ प्रधानाध्यापक श्रेष्ठका अनुसार आँखाको बिरामी भएको कारण यसरी सुत्नुपरेको हो । उनले शिक्षक दाहाललाई उद्धृत गर्दै भने, ‘आँखाको बिरामीको कारण आँखा चिम्लेर बसेको थिएँ । मबाट गल्ती भयो । मलाई साथीहरूले नै फसाउनुभयो ।’

तर यो घटना बाहिर आएको तीन साता हुन लाग्दा पनि यसरी स्कुलमै सुत्ने शिक्षकमाथि कुनै कारबाही अगाडि बढेको छैन । पधानाध्यापक श्रेष्ठका अनुसार उनलाई अहिलेसम्म कुनै कारबाही अगाडि बढाइएको छैन । उनले भने, ‘मलाई पनि कारबाही किन नगरेको भनेर प्रश्नहरू गरिरहेका छन् । मैले विद्यालया व्यावस्थापन समितिका अध्यक्ष कुमार बहादुर कार्की र वडा अध्यक्ष राम बहादुर थिङलाई पनि जानकारी गराएको छु । वडा अध्यक्ष नगरपालिकाको सभामा व्यस्त भएका कारण छलफल हुन सकेको छैन । छलफल गरेर कारबाही चाडै नै अगाडि बढाउछौं ।’स्(न्युज २४ नेपाल टिभी बाट

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१