शरीरका यी भागका दुखाईहरु सामान्य भनेर नबस्नुहोस

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ जेष्ठ २०७५, बुधबार ०३:५४

हामिले जिबनको कुनै न कुनै कालखण्डमा शरिरको बिभिन्न भागमा दुखाईको महसुश गरेकै हुनुपर्छ । केहि दुखाई चोटपटकको कारणले पनि हुन्छ । शरिरको कुनै भाग कहिलेकाहि छोटो समयको लागी दुखेर आफै हराउँछ भने कुनै – कुनै दुखाई लामो समय सम्म रहिरहन्छ ।

दुखाई बिभिन्न कारणले हुन सक्छ । लामो समय सम्म दुखाई रहिरहेको अबस्थामा भने त्यसको उपचार खोज्नुपर्छ ।

टाउको दुखाई – यदि तपाईको टाउको दुखिरहेको छ र तपाई कामको बोझ,थकान या अन्य सामान्य कारणले भनेर वास्ता नगरी बसिरहनु भएको छ भने त्यस्तो नगर्नुस् – यसले पछि ठुलो समस्या निम्त्याउन सक्छ ।

पेट दुखाई – पेट ग्यास भरिएर या एसिडिटिको कारणले दुख्ने गर्छ । कहिलेकाहि खानपिनमा गडबढ भएर पनि पेट दुख्ने गर्छ । तर लामो समय सम्म पेट दुखिरह्यो भने डाक्टर लाई देखाईहाल्नु पर्छ

खुट्टाको दुखाई – लामो समय सम्म लगातार खुट्टा दुखिरह्यो भने डाक्टर लाई देखाउँनुस् । नसा या हड्डिको समस्या या अन्य कारणले दुखेको हुन सक्छ

ढाड(गर्धनको दुखाई – बुढेसकालमा ढाड र गर्धन दुख्नु सामान्य हो । तर असामान्य रुपले दुखिरहेको छ भने पक्कै केहि न केहि समस्या भएकै हुनुपर्छ । आजभोलीका युवा पिढिंहरुले धेरै समय ल्यापटप या कम्प्युटर निहुरेर चलाईरहनाले पनि ढाडको समस्या देखिन्छ । धेरै दुखेमा ‘पेन किलर’ खाएर बस्नु हुँदैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१