सावधान ! लामो समय एउटै ठाउँमा बसेर काम गर्दा छिट्टै मरिन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०७५, मंगलवार ०६:००

तपाईं अफिसमा दुई घन्टासम्म लगातार नहल्लिकन काम गर्नुहुन्छ ? गर्नुहुन्छ भने सावधान !

एक अनुसन्धान रिपोर्टअनुसार लामो समयसम्म एकै ठाउँमा बस्ने मानिस अन्य मानिसको तुलनामा छिट्टै मर्ने जोखिम बढ्छ । शोध निष्कर्षबाट पत्ता लागेअनुसार दिनमा आठदेखि १३ घन्टासम्म बसेर काम गर्ने मानिसहरू ६० देखि ९० मिनेटसम्म बसेर काम गर्ने मानिसको तुलनामा मर्ने जोखिम दोब्बर हुन्छ । जम्मा आधी घन्टा एउटै ठाउँमा बस्ने मानिसमा मृत्युको खतरा सबभन्दा कम देखियो ।

भेइल कोर्नेल मेडिकल सेन्टरका प्राध्यापक मोनिका सेफर्डले भनिन्, ‘अनुसन्धानअनुसार लामो समयसम्म एकै ठाउँमा बस्दा हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पर्छ ।’ अनुसन्धानको रिपोर्ट एनाल्स अफ इन्टर्नल मेडिसिनमा प्रकाशित भएको छ । अनुसन्धान टोलीले ४५ वर्षभन्दा बढीका सात हजार नौ सय ८५ मानिसमा एक हप्तासम्म नजर राखेका थिए । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१