गोलभेडा स्वास्थ्यको लागि फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ जेष्ठ २०७५, मंगलवार ०५:२९

उत्पत्तिको केन्द्र पेरुभियाली तथा मेक्सीकाली क्षेत्र मानिन्छ । यसको साधारण नाम टमाटर (हिन्दी), रमभेडा (नेपाली) पनि हुन्छ ।

टमाटर एक महत्त्वपूर्ण ‘संरक्षी खाद्य’ हो, किनभने यसमा धेरै पौष्टिक मूल्य हुनुका साथै यसको व्यापक उत्पादन हुन्छ । आलु र सखरखण्डपछि यो विश्वको तेस्रो सबैभन्दा ठूलो सब्जी हो, तर ‘केप्ड भेजिटेबल’(मा यसको पहिलो स्थान छ । सुप, सलाद, अचार, झोल, टक, सस आदि बनाउन टमाटरको प्रयोग गरिन्छ ।

पोर्तुगालीहरूले यसलाई भारतमा परिचित गरेका थिए । अहिले यो भारतमा एक महत्त्वपूर्ण तथा लाभकारी सब्जी भएको छ । उत्तर प्रदेश, महाराष्ट्र्, कर्णाटका, बिहार, उडिस्सा प्रमुख टमाटर उत्पादन गर्ने राज्य हुन् । सिक्किमको अनुकूल कृषि जलवायु परिवेशको कारण वर्षभरि नै यहाँ टमाटर उत्पादन गर्न सकिन्छ ।

मानब जीवन अपरिहार्य हुन्छ । नेपालमा दिनहु प्रदुषण बढ्दै गैरहेको छ । जसको कारणले गर्दा पौष्टिक तत्वहरु खान पाइरहेका छैनौ । अहिले बजारमा निस्केका अंग्रेजी औषधिले हाम्रो शरीरमा धेरै अशर पुर्याइरहेको छ । आफ्नै खेतमा फलाएको तरकारी खादा धेरै फैदा हुन्छ । जसमध्य आज गोलभेडा खादाहुने फाइदाको बारेमा बुझाइदै छौ ।

गोलभेडाले  यी रोगलाई निम्न फाइदा :

मुटुरोग नियन्त्रण गर्छ : बेलायतमा हालै गरिएको एक अनुसन्धानले दैनिक गोलभेडा खाने व्यक्तिमा मुटुरोग लाग्ने सम्भावना ३० प्रतिशतले कमी हुने पाइएको छ ।

पाचनशक्ति बढाउछ : गोलभेडाको नियमीत सेवनले शरीरको पाचनप्रणाली र कलेजोको कार्यलाई प्रभावकारी बनाउन मद्धत गर्छ ।

भिटामिन र खनिज पदार्थ प्रसस्त : गोलभेडामा भिटामिन ए, भिटामिन सि, भिटामिन के, बी १, बी ३, बी ५, बी ६, बी ७, पोटासियम, फोलिट, आईरन, म्याग्नेसियम, क्रोमियम, कोलिन, जीक र फस्फोरस जस्ता शरीरका लागि आवश्यक भिटामिन र खनिज पदार्थ पाइन्छ ।

पत्थरी हुनबाट जोगाउछ : नियमित गोलभेडा सेवन गर्ने व्यक्तिलाई मिर्गौला र पित्तथैलीमा हुनसक्ने पत्थरीबाट जोगाउछ ।

कपाल राम्रो बनाउछ : गोलभेडा खाँदा पाइने भिटामिन के को कारणले कपाल बलियो हुन्छ । चमकदार, सिल्की र लामो हुनुका साथै कपाल झर्ने समस्यामा पनि कम गर्छ ।

छाला स्वस्थ्य राख्छ : गोलभेडाको जुस खाँदा छाला चम्कीलो हुन्छ । साथै छालाको कोषहरुलाई विग्रनबाट जोगाउछ ।

हड्डी बलियो हुन्छ : गोलभेडामा हुने क्याल्सियम र एन्टी अक्सीडेन्टले हड्डी बलियो बनाउन मद्धत गर्छ ।

रगत जम्नबाट जोगाउछ : रगतमा पाइने प्लेटलेट्स कोषहरु एक ठाउमा जम्मा भएर नशामा रगत जम्न गई रगत प्रवाहमा अवरोध उत्पन्न हुन सक्छ । गोलभेडा प्रसस्त मात्रामा पाइने फाइटो न्युट्रियन्ट्सले यस्तो सम्भावना कम गराउछ ।

क्यान्सरको सम्भावना कम हुन्छ : हरेक ८ मध्ये १ व्यक्तिलाई प्रोष्टेड क्यान्सर हुने सम्भावना हुन्छ । गोलभेडा खाँदा पाइने अल्फाटोमाटिनले प्रोष्टेड क्यान्सरकोष बढन नदिने बनिसकेको क्यान्सरकोषलाई भगाउने काम गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१