टाउको दुखाईका कारण र निदान

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ बैशाख २०७५, सोमबार ०४:३१

सामान्यतया टाउको दुखाइको महसुस भएको बेला मस्तिष्क अर्थात् गिदी समवेदना शून्य हुने हुन्छ । तर, वरिपरिका संरचनाहरू जस्तैः मस्तिष्कको आवरण, धमनी र मांसपेशीहरू पीडासँग संवेदनशील हुन्छन् । त्यसैले टाउको दुख्नु भनेको तिनै सम्वेदनशील भागहरु दुख्नु हो । टाउको दुखाइ अत्यन्त पीडादायी, हुन सक्छ र यो टाउकाको एकापट्टि वा दुवैपट्टि तथा अगाडि वा पछाडिको भागमा हुन सक्छ । टाउको दुख्नु भनेको आफैंमा रोग होइन । कुनै पनि रोगको लक्षण मात्र हो। यो बिभिन्न कारणले हुन्छ ।

टाउको दुखाइको कारण

सामान्यतया हामीले गर्ने दैनिक क्रियाकलाप, ग्याष्ट्रिक, उच्च रक्तचाप, आँखाको समस्या, डिप्रेशन, अनिन्द्रा, रूघा खोकी, पिनास, बढी चिसो र बढी गर्मी लगायत टाउको दुख्ने कारण हुन् ।

असर

निरन्तर टाउको दुख्ने समस्या हुँदापछि गएर ब्रेनमा पानी जम्ने, ट्युमर पलाउने, रगत जम्ने सम्भावना उमेरअनुसार बढ्दै जान्छ । टाउको दुखेसँगै वाकवाक लाग्ने, बान्ता हुने, आँखाबाट पानी झर्ने, रिँगटा लाग्ने, छारे रोग जस्तो काम्ने हुनु गम्भीर रोगका लक्षण हुन् । सामान्य टाउको दुखेको छ, त्यसले दैनिक क्रियाकलापमा असर परेको छैन भने त्यसलाई बेवास्ता त गर्नु हुँदैन तर सामान्यत औषधि प्रयोग गर्न सकिन्छ ।

उपचार

सामान्यः टाउको दुखेको बेला पारा सिटामोल खान सकिन्छ । तर यो सधै खानु हुँदैन । टाउको दुखेको बेला मात्रै खाने हो तर सधै दुखिरह्यो भने चिकित्सकको सल्लाह लिनुपर्छ । घरेलु उपचार टाउको दुखेको घरेलु उपचार हुँदैन तर जे कारणले टाउको दुखेको हो, त्यसको पहिचान गरेर सावधानी अपनायो भने टाउको दुख्न कम हुन्छ । बिरामीले केले गर्दा टाउको दुखाइ बढेको हो, त्यस्तो खानेकुरा, बानीब्यहोरामा ध्यान दिनुपर्ने हुन्छ । बिरामीले भोको बस्नु, व्रत गर्नु तथा घाममा घुम्नु हुँदैन । बिरामीले सन्तुलित आहार खानुपर्छ र प्रतिदिन सामान्य व्यायाम गर्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१