झापामा बम विस्फोट गराएको आरोपमा २६ वर्षीया स्मृति रिजाल पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ बैशाख २०७५, सोमबार ०३:५५

झापा । झापाको मेचीनगरस्थित सूर्योदय यातायात प्रालिको बस ग्यारेजमा  बम विस्फोट गराएको आरोपमा मेचीनगर–८ निवासी २६ वर्षीया स्मृति रिजाललाई प्रहरीले पक्राउ गरेको छ।

अभियुक्त रिजाल नेकपामा आबद्ध रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए। बिहान करिब ३ बजे प्रालिको बस ग्यारेजमा सकेट बम विस्फोटबाट प्रालिको मे १ ख २७३३ र मे १ ख २७२६ नम्बरको बस, गाडीको डिजल ट्यांकी, झ्यालका सिसा र टायरमा क्षति पुगेको जनाइएको छ। यता, नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको बिहान समान्य असर परेको थियो।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०