एनआरएन अमेरिकाको साधारण सभा तथा आईसिसीको विज्ञ सम्मेलनबारे भव्य तयारी हुदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० बैशाख २०७५, आईतवार १०:१०

लस एन्जलस। अमेरिकाको सुन्दर नगरी सान फ्रान्सिस्को शहरमा आयोजना हुन गईरहेको एनआरएन अमेरिकाको ८ औ साधारण सभा तथा आईसिसी विज्ञ सम्मेलनको तयारीबारे जानकारी गराउन लस एन्जलसमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । एनआरएन अमेरिका, क्यालिफोर्निया च्याप्टरको आयोजनामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा सम्मेलन र साधारण सभाको आयोजना र तयारीबारे साधारण सभाकी कन्भेनर तथा एनआरएन अमेरिकाकी उपाध्यक्ष उमा कार्की थापाले प्रकाश पारेकी थिईन । उपाध्यक्ष तथा कन्भेनर थापाले सम्मेलन आयोजनाको सम्पूर्ण तयारी पुरा भएको बताईन । यस लाई सभ्य र भब्य रुपमा सम्पन गर्न को लागि बिभिन्न  समिति हरु गठन गरिसकेको र त्यो समितिले काम हरु अगाडी बडाई सकेको जानकारी दिनु भयो ।
एनआरएन अमेरिकाका असन्तुस्ट पक्षले कार्यक्रम आयोजना रोक्न अदालत जाने चेतावनीका बारेमा पत्रकारहरुले सोधेको प्रश्नमा ‘कार्यक्रम तयारीको यो अन्तिम अवस्थामा उहांहरुबाट सम्मेलन वा वार्षिक साधारण सभा रोक्ने खालका कदम उहांहरुबाट नहुने र आफुहरु निरन्तर वार्ताको संपर्कमा रहेको’ जनाईन । बाजा बजाएर सम्मेलन रोकिएको जानकारी गराउंछन र भनी सोधिएको प्रश्नमा उपाध्यक्ष थापाले ‘सदस्यता सम्बन्धी मामालामा उहांहरुको असन्तुस्टी हो । संस्थाको साधारणा सभा आयोजनामा होईन । आफु र सिंगो एनआरएन अमेरिका असन्तुस्टी र अल्झन सुल्झाउन सदैव वार्ता गर्न तयार रहेको साथमा निरन्तर संपर्क रहिरहेको’ बताईन ।
नेपालीहरुको छाता संगठन भनिएको संस्थाको सुचनाहरु प्रेस संयोजक बाहेक प्रतेक ब्यक्तीले आफुखुशी प्रेशित गर्ने प्रशनको उत्तरमा कन्भेनर थापाले अब त्यसो नहुने जानकारी दिईन । कार्यक्रममा एनआरएन अमेरिकाका सल्लाहकारद्वय उत्तम कार्की र कृष्ण कोईराला, महिला संयोजक ईन्दिरा त्रिपाठी, क्यालिफोर्निया च्याप्टर अध्यक्ष रामबाबु पाण्डे, सचिव रोशन अधिकारीले साधारण सभा र विज्ञ समेलनबारे उठेका बिभिन्न प्रश्नहरुका उत्तर दिएका थिए । कैलिफोर्निया चाप्टर का अधक्ष्य रामबाबु पाण्डेले हाम्रो चाप्टर लाई बिश्वास गरि साधारण सभा गर्न जिम्मा दिएको मा एनआरएन अमेरिकाको सम्पूर्ण पदाधिकारी र कन्भेनर श्रीमती उमा कार्की थापा लाई धन्यबाद दिदै चाप्टर ले कार्यकम सफल पार्न लागि परेको कुरा बताउनु भयो ।
पत्रकार ले कैलिफोर्निया चाप्टरलेगरेको काम हरु को बारेमा सोधेको प्रश्न को जवाफमा चाप्टर सचिब रोशन अधिकारी ले हाल सम्म चाप्टर ले समाज लाई सहयोग हुने कार्यक्रम हरु सनफ्रान्सिस्को मा त्यस क्षेत्र को संघसस्था संग समन्य गरि काम गरेको र कैलिफोर्निया मा कसैलाई सहयोग चाहिएको खण्डमा सहयोग गर्न लाई कार्यसमिति बाट नै सुरुमा ४२५० र प्रतेक महिना ४१० जम्मा गर्ने गरेको कुरा बताउनु भयो ।र एसको हिसाबकिताब चाडो भन्दा चाडो सबैलाई जानकारी गराउनु भयो । ८ औ साधारण सभा तथा आईसिसी विज्ञ सम्मेलनको तयारीबारे जानकारी दिदै सचिब अधिकारी ले गठन गरिएको सबै कमिटि हरु संग आफुले सहकार्य गरि काम गरि रहेको र कसरि हुन्छ आउनु हुने पाउना हरु लाई यातायात देखि बस्ने खाने सबै को राम्रो संग बेवास्ता गरिएको जानकारी दिनु भयो ।यति मात्र नभएर अमेरिका लगयात अन्य देश बाट आउनुहुने पाहुना हरु ले यो कार्यकम मा सहभागी भयर फर्कदा कार्यक्रम मा न भयर छुट्टि मनाउन गएको अनुभूति हुने गरि कार्यक्रम को तयारी गरिरेहको जानकारी दिदै कार्यक्रम को तयारी पुरा भई सके पछि सान(फ्रान्सिस्कोमा नै पत्रकार सम्मेलन गरि सबै जानकारी गराउने कुरा बताउनु भयो । लस एन्जलसका पर्यटन दुत रामेश्वर भण्डारी ,श्री पशुपति फाउन्डेशनका अध्यक्षभक्त थापा ,मन्दिरका गुरु चुडामणि सापकोटा ,इतिहास पुरुस श्री गणेश बहादुर कार्की ,नेका महाधिवेसन प्रतिनिधि हेमराज भट्ट ,एकता समाज का अध्यक्ष चन्द्र सिवाकोटी ,नेपाल अमेरिका पत्रकार सघका सचिब अग्नि चौलागाई ,नेपाल कलाकार सघका क्षेत्रिय उपाध्यक्ष रविसिह बस्नेत ,मदेशी एसोसियसन लस एन्जलस का अध्यक्ष दिनेश शाह ,ब्लड डोनर्स लस एन्जलस का अध्यक्ष एकदेव शर्मा लगायत स्थानीय हरुको उपस्थिति रहेको थियो भने उक्त पत्रकार सम्मेलन मा लस एन्जलसमा सक्रिय संचारमाध्यमहरु नेपाल २४ आवर्स, खुल्लामन्च, दुरबिननेपाल,मेरोखबर र हिमालयखबरका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१