सफा हुदै चक्रपथ ,५७  औ हप्ता पार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० बैशाख २०७५, आईतवार ०५:४१

काठमाडौं ।  काठमाडौंको चक्रपथ सरसफाई महा-अभियानले ५७  औ हप्ता पार गरेको छ ।

काठमाण्डौं रिंगरोडको गंगबु बिजी महल देखि सामाखुसी सडक  दाँया बाँयाको अब्यबस्थित ब्यानर  हटाउने देखि फोहोरलाई ब्यबस्थापन गरिएको थियो ।

लोकवहादुर टण्डनको  अगुवाईमा सुरु भएको चक्रपथ सरसफार्इ महा-अभियानले शनिवारदेखि ५७    औं हप्ता पुरा भएको  छ । सफाइ अभियानले फोहोर संकलन गरि सबैमा सचेतना समेत आव्हान गरिरहेको छ ।

प्रत्येक हप्ताशनिबार बिहान ७ देखि ९ बजे सम्म फोहर संकलन अभियानमा काठमाडौ महानगरपालिका , टोखानगरपालिका , नेप्सेम्याक,लायन्स क्लब , ग्रिनसिटी अस्पताल, यतिहेल्थ साइन्स एकेडेमी, आमा समुह ,होटल ब्यबसायी संघ , हिमालय बाताबरण सस्था , पत्रकार ,कलाकार , राजनीतिज्ञ , प्रहरी सशस्त्र प्रहरी , नेपाली सेनाको समेत सहभागिता हुने गरेको छ । बिभिन्न संघसंस्थाको सहयोगमा स्वतःस्फूर्त रुपमा सरसफाई अभियान सञ्चालन हुदै आएको छ । कार्यक्रममा अपाङ्गहरुको बिसेष सहभागिता समेत रहेको छ  ।

सफाई अभियानबाट ५७  औ हप्तामा ८ टन फोहोर संकलन गर्यो भने २५०  अभियान्तको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१