निट नेपाललाई काँग्रेसले शुभेच्छुक संस्थाको मान्यता दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ बैशाख २०७५, शनिबार ०६:२२

काठमाडौँ । नेपाल पर्यटन व्यवसायी संघ ९निट–नेपाल० लाई नेपाली काँग्रेसको शुभेच्छुक संस्थाको मान्यता दिइने भएको छ ।

निट नेपालले बिहीबार राति आयोजना गरेको काँग्रेसका नवनियुक्त ‘उपसभापति, महामन्त्री र सहमहामन्त्रीलाई बधाई तथा शुभकामना’ दिन आयोजित कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले निट नेपाललाई शुभेच्छुक संस्थाका रुपमा मान्यता दिनेबारे केन्द्रीय समितिमा छलफल भइरहेको बताउनुभयो । “निट नेपाललाई शुभेच्छुक संस्थाको मान्यता दिनेबारे केन्द्रीय समितिमा छलफल भइरहेको छ, अब बस्ने केन्द्रीय समितिको बैठकले यसलाई अनुमोदन गर्नेछ,” उहाँले भन्नुभयो ।

नेपालको पर्यटन क्षेत्रको विकास र विस्तारमा निट नेपालले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उहाँले पर्यटन व्यवसायीलाई पार्टीले राम्रोसँग उपयोग गर्न नसकेको बताउनुभयो । सबै क्षेत्रलाई समेटेर अगाडि बढे मात्र आगामी दिनमा काँग्रेसले राम्रो नतिजा दिने उहाँको भनाइ थियो ।

निट नेपालका अध्यक्ष दीपक महतले पर्यटन क्षेत्रलाई काँग्रेसले राम्रोसँग बुझ्न नसकेको बताउनुभयो । “पार्टीसँग पर्यटन व्यवसायीले जे मागेका छन् त्यो पाउन सकेका छैनन्,” उहाँले भन्नुभयो ।

निट नेपालका सहअध्यक्ष रामशरण थपलियाले पर्यटन क्षेत्रमार्फत मुलुकको विकास गर्नका लागि पार्टीले पर्यटन क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई केन्द्रमा राखेर पर्यटन व्यवसाय गर्ने झण्डै ६०० व्यवसायी निट नेपालमा आवद्घ रहेको निटका सदस्य सुरेन्द्र भट्टराईले जानकारी दिनुभयो । कार्यक्रममा उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्का कार्यव्यस्तताले उपस्थित हुन सक्नुभएन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१