स्तन छोप्ने नयाँ ट्रेन्ड

काठमाडौं। पश्चिमा मुलुकका महिलाहरू धेरै कुरामा पुरुष सरह स्वतन्त्रता चाहन्छन् । विकसित मुलुकका कतिपय सहरमा पुरुषले छाती देखाएर हिंड्न मिले पनि महिलालाई त्यसमा कुनै छुट छैन ।

महिला अधिकारवादीहरू यही कुरा परिवर्तन हुनुपर्ने माग गरिरहेका छन् । यसका लागि उनीहरूले धेरै पटक छाती खोलेर हिंड्ने प्रयास समेत गरेका थिए । अहिले महिलाहरूले लुगा लगाएर पनि छाती खुला जस्तै देखाउने उपायलाई व्यापक रूपमा प्रयोग गर्न थालेका छन् ।

पेरिस फेसन विकमा अमेरिकी मोडल बिक्स वाल्टनले स्तनको मुन्टोलाई टेपले छोपेर्र याम्पमा क्याटवाक गरेको देखेपछि यी महिला अधिकारवादीहरू पनि स्तनको मुन्टोलाई टेपले छोपेर पारदर्शी पहिरनमा हिंड्न थालेका हुन् । एजेन्सी

शनिबार, बैशाख २९, २०७५ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित सामाग्री