पूर्वराजा पनि निस्के तरार्इ भ्रमणमा, यस्तो छ कार्यक्रम!

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ बैशाख २०७५, शनिबार ०५:३७

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह बारा जिल्लाको भ्रमणका लागि निस्कने भएका छन् । पूर्वराजा शाह वैशाख ३० गते सिमरा जाने तयारी गरेका हुन् । बारा जिल्लामा पूर्वराजा शाह तीनसाता बस्ने जनाइएको छ । पूर्वराजा शाह सिमरामा रहेका बालसखा प्रभु शमशेरको घरमा बसी त्यहीँबाट राजनीतिक भेट गर्ने बताइएको छ । उनले विभिन्न राजावादी दलका नेता, कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।

र्वराजा शाहले गत चैत ५ गते कमल थापा नेतृत्वको राप्रपा नेपाल, पशुपति शमशेर नेतृत्वको राप्रपा र डा।प्रकाशचन्द्र लोहनीनिकट राप्रपा राष्ट्रवादीका नेतालाई भेटेर राजनीतिका बारेमा कुरा गरेका थिए ।

उनले फागुन २० गते भएको झापा भ्रमणका क्रममा राप्रपाका नेता सुरेश आचार्य, राजाराम श्रेष्ठ र सगुन लावती, राप्रपा नेपालका बुद्धिमान तामाङ, भाष्कर भद्रा र प्रलाद शाह र राप्रपा राष्ट्रवादी पार्टीका केशव श्रेष्ठ, तारा लुइँटेल र डा।सुष्मा आचार्यसँग भेट गरेका थिए ।

पूर्वराजा शाहको मध्य तराईलगायतका जिल्लाको भ्रमणका लागि करिब आधा दर्जन सवारी र आन्तरिक सुरक्षा टोली सिमरा खटाइँदै छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१