मोदीको मुक्तिनाथ भ्रमणका कारण आन्तरिक पर्यटकको बीचल्ली

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ बैशाख २०७५, शनिबार ०५:३५

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणका कारण बीच बाटोमा नेपाली पर्यटकहरुको बिचल्ली भएको छ। मोदीको भ्रमणका कारण सर्वसाधारणलाई मुक्तिनाथ आवत जावतमा दुईदिन रोक लगाएपछि नेपाली पर्यटक तथा अन्य देशका पर्यटकको बीचल्ली भएको हो।
पूर्व नेपालबाट पोखरा हुँदै मुक्तिनाथ दर्शनका लागि गएका पूर्वी खबरकर्मी शिव भट्टराई लगायतको टोली मुक्तिनाथ जान नपाएपछि पोखरामा नै अलपत्र पर्नुपरेको गुनासो गर्नुभएको छ।

भट्टराईले आँफु लगायत सयौँ भक्तजन पोखरामा अलपत्र परेको गुनासो गर्नुभयो। उहाँले आँफु भन्दा पनि अरु भक्तजन सिमित खर्च बोकेर जानेहरु मुक्तिनाथ प्रवेशमा रोक लागेपछि अलपत्र परेको भन्दै सरकार निरिह बनेको भन्दै आक्रोश पोखिरहेका भेटिएका बताउनुभयो।

सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ दर्शनको लागि भनेर दुईदिन मुक्तिनाथ प्रवेशमा रोक लगाएको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०