जुद्धोदय पब्लिक स्कुल विद्यालय हो कि व्यापार केन्द्र ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ बैशाख २०७५, शुक्रबार ०५:४४

काठमाडौँ । क्षेत्रपाटी, ठमेलस्थित १९९५ सालमा खुलेको जुद्धोदय पब्लिक स्कुल नेपालको दोस्रो पुरानो स्कुल हो । यहाँ प्रशस्तै खेल्ने चौर अनि उज्याला कक्षाकोठाहरू थिए । विद्यालयका लागि यी आवश्यक पूर्वाधार नै हुन् । अहिलेका चर्चित व्यक्तिहरू धेरैले यहीं पढेका थिए ।

तर अहिले यहाँ विद्यार्थीहरू खेल्ने चौरमा ठूलठूला व्यापारिक भवनहरू ठड्याइएका छन् । कक्षाकोठाहरू भेनिस्ताले अलग–अलग गरिएका छन् । एउटा कक्षामा पढाएको आवाज अर्को कक्षामा सुनिन्छ । पढ्ने, बस्ने, खेल्ने, राष्ट्रिय गानको लागि उभिने चौर सबै व्यापारिक भवनमा परिणत भएका छन् । यो विद्यालयको जग्गा र भवन पढ्नका लागि हो कि व्यापार गर्नका लागि हो रु बुझ्न सकिएन ।
सरकारले शिक्षाको लागि हरेक वर्ष अर्बौं बजेट छुट्याएको हुन्छ । सरकारी विद्यालयले आफ्नो जग्गा नै बहालमा दिएर कमाउनुपर्ने आवश्यकता कहाँबाट आयो रु महँंगा निजी विद्यालयहरूमा पढ्ने विद्यार्थीलाई कमिलाले मात्र टोके पनि अभिभावकले गुनासो गर्न आउला भनेर स्कुल सञ्चालकहरू डराउँछन् । तर यस सरकारी विद्यालयमा कुनै शैक्षिक वातावरण नभए पनि कोही कराउन पनि सक्दैन । किनभने यहाँ निशुल्क छ । के निशुल्क भन्दैमा विद्यार्थीहरूलाई बिना सुविधा, बिना वातावरण पढाउन पाइन्छ रु निस्शुल्क पढ्नेलाई हेप्न पाइन्छ रु जिल्ला शिक्षाको नियमावली अनुसार सारा विद्यार्थी एकैपल्ट विद्यालयमा उभिन सक्ने चौर चाहिन्छ भनेर लेखेको छ । तर यहाँ भएका घाँसेचौर सबै कंक्रिट भवनमा परिणत भएका छन् । अब विद्यालय परिसरमा उभिने ठाउँ पाउन पनि मुस्किलै छ । यसरी केही सटरहरू बहालमा लगाएर रकम असुल्ने अरू पनि विद्यालयहरू छन् । यसले विद्यार्थीहरूलाई केही सुविधा नै दिने होला, तर पुरै चौरलाई नै मासेर व्यापारिक भवन बनाउन अवश्य मिल्दैन । ऐतिहासिक विद्यालय जुद्धोदयको पहिचान नै मेटिएको छ । सम्बन्धित निकायले जवाफ देओस् ।
– दीपक तुलाधर
दरबारमार्ग, काठमाडौं

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१