सार्वजानिक यातायातको सिन्डिकेटपछि तरकारीको सिन्डिकेट हटाउँदै सरकार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ बैशाख २०७५, शुक्रबार ०५:१३

काठमाडाैँ । सार्वजानिक यातायातमा हुँदै आएको सिन्डिकेट हटाउन सफल भएपछि सरकार फलफूल तथा तरकारी बजारको सिन्डिकेट हटाउन लागि परेको छ ।

तरकारी बजारको सिन्डिकेट हटाउन सरकारले घोषणा गरेको छ । सरकारले कृषि, पशुपन्छी, भूमि व्यवस्था तथा सहकारी क्षेत्र रूपान्तरणको मार्गचित्र २०७५ मार्फत तरकारी तथा फदफूल बजारमा कायम गरिएको सिन्डिकेट अन्त्यको प्रतिबद्धता जनाएको हो ।

योसँगै सरकारले फलफूल तथा तरकारी बजारका बिचैलिया हटाउने प्रतिबद्धतासमेत जनाएको छ । कृषि, भूमि व्यवस्था तथा सहरकारीमन्त्री चक्रपाणि खनालले आइतबार मार्गचित्र प्रस्तुत गर्दै फलफूल तथा तरकारी बजारमा हुँदै आएको सिन्डिकेट हटाउन तरकारी बजारमा रहेको विभिन्न बिचैलिया प्रस्थिापन गरिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१