ब्लिचको फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ बैशाख २०७५, शुक्रबार ०४:३८

फेस ब्लिचले स्किन टेनिङ हटाएर छाला स्वस्थ राख्न सहयोग गर्छ । यसले अनुहारको कालो रौंलाई खैरो बनाएर छालाको रंगसित मिल्दो बनाउँछ । यसबाट अनुहारको रंग सफा हुने भएकाले मात्र १५ मिनेटमै पहिलेको तुलनामा गोरी देखिन सकिन्छ । विभिन्न प्रकारका ब्लिचमा क्रिम ब्लिच बढी प्रभावकारी हुन्छ । यसमा अमोनियम साल्ट एक्टिवेटरका साथै हाइड्रोजन प्याराअक्साइड क्रिमका रूपमा हुन्छ जसको प्रयोग सरल र पीडारहित हुन्छ । ब्लिचिङ गर्दा रोमछिद्रबाट तीव्ररूपमा मैलो निस्कन्छ र छालाले श्वास–प्रश्वास प्रक्रिया राम्रोसँग गर्न सक्छ । हाइड्रोजन प्याराअक्साइड एक प्रकारको स्ट्रङ एन्टिसेप्टिक हो । यसले एक्ने सिर्जना गर्ने ब्याक्टेरिया मार्छ । यसमा एन्ट्री पिम्पल तत्व पाइन्छ । एक शोधअनुसार यसमा पर्याप्त मात्रामा अक्सिजन पनि पाइयो । ब्युटी एक्सपर्टहरू यसलाई अक्सिजन थेरापी मान्छन् । त्यसैले यसलाई स्किन केयर टनिक पनि भनिन्छ ।

सन टेनिङ हटाउने अनेक घरेलु उपाय छन् तर चाँडै परिणाम प्राप्त गर्न स्किन ब्लिचिङ बढी फाइदाजनक हुन्छ । ब्लिचिङ महिनामा एकपटक गराउनु ठीक हुन्छ । अनुहारमा बढी कालो र ठूलो रौं छ भने १५ दिनको अन्तरालमा ब्लिच गर्न सकिन्छ । टेनिङ हटाउन २० वा ३० दिनमा एकपटक ब्लिच गर्नु पर्याप्त हुन्छ । २२ वर्षको उमेरदेखि ब्लिच गर्न सकिन्छ । अनुहारमा रौं नभएकाहरूले पनि स्वच्छ चमक पाउन ब्लिच गर्नुपर्छ ।

नेचुरल ब्लिच

जसलाई केमिकल ब्लिचिङबाट एलर्जी हुन्छ, उनीहरूले नेचुरल ब्लिच प्रयोग गर्न सक्छन् । यसका लागि केराको प्याक, टमाटरको पल्प प्याक वा एउटा ठूलो चम्चा कागतीको रसमा दुई थोपा मह मिसाएर अनुहारमा लगाई २० मिनेटसम्म राख्नुपर्छ, यसले स्किनको कलर सफा हुन्छ । चायाँ भएको छालाका लागि काँचो आलु, काँक्राको प्याक लगाउनु राम्रो हुन्छ । सुन्तलाको बोक्राको प्याक र काँक्राको प्याक तैलीय छालाका लागि उपयुक्त हुन्छ । हिजोआजका रेडिमेड हर्बल ब्लिच मेवाको बीउ, भुइँकटहर, कागतीको बोक्राको पाउडर तथा निमको पातको पाउडर मिसाएर बनाइन्छ ।

स्किन टिप र ब्लिच

आफ्नो छालाको प्रकार थाहा पाएर त्यसैअनुसार ओइल बेस, जेल बेस, क्रिम बेस, पाउडर, मिल्क वा लेक्टोज, नेचुरल, फ्लावर, प्रोटिन बेस ब्लिच प्रयोग गर्नुपर्छ ।

संवेदनशील छालाका लागि एक्टिवेटर कम प्रयोग गर्नुपर्छ । यदि क्लिजिङ मिलाइएको क्रिम ब्लिच र एक्टिवेटर प्रयोग गर्ने हो भने छालामा दाना देखिँदैन । प्रि ब्लिच क्रिमबाट अनुहारको ५ मिनेटसम्म मालिस गर्नुपर्छ । कपासले पुछिसकेपछि ब्लिच प्रयोग गर्नुपर्छ । एक्टिवेटर आवश्यकताभन्दा बढी प्रयोग गर्नु हुँदैन । तैलीय छालामा सोप बेस वा मिल्क पाउडर ब्लिच प्रयोग गर्नुपर्छ ।
सुख्खा छालाका लागि पहिले क्रिमले मालिस गरी क्लिन्जिङ गर्नुपर्छ । यस प्रकारको छालाका लागि क्रिम र ओइली बेस ब्लिच प्रयोग गर्नु राम्रो हुन्छ ।

आफ्टर ब्लिच प्याक

ब्लिच गरेपछि रोमछिद्र खुल्ला हुन्छन्, त्यसैले समयमै रोमछिद्रलाई बन्द गर्नु जरुरी छ । रोमछिद्र बन्द गर्न आफ्नो छालाअनुसार प्याक लगाउनुपर्छ । होममेड स्क्रव पनि तयार गर्न सकिन्छ । यसका लागि काँचो दूध र चोकर मिसाएर अनुहारमा लगाउनुपर्छ र स्क्रव गर्नुपर्छ । त्यसपछि प्याक प्रयोग गर्नुपर्छ । मुलतानी माटो तथा ग्लिसरिनको केही थोपा हालेर अनुहारमा प्रयोग गर्नुपर्छ । मुसुरोको दाल भिजाई पिसेर राख्नुपर्छ । गुलाबजल र महको प्याक प्रयोग गर्नुपर्छ । यसो गर्दा खुल्ला भएको रोमछिद्र पुनस् बन्द हुन्छ ।

ब्लिच गरेपछि

घरमा बस्दा ब्लिच गर्नुपर्छ । सौन्दर्यविद्हरू ब्लिच प्रयोग गरेपछि घाममा ननिस्कने सल्लाह दिन्छन् ।

एक्ट्रा केयर स् फेसियल गर्ने समय छैन भने टोनर तथा होममेड केक प्रयोग गर्नुपर्छ । फुटेको छालामा ब्लिच क्रिम प्रयोग गर्नु हुँदैन ।

सावधानी स् ब्लिचमा भएको एक्टिवेटरका कारण छाला सफा त हुन्छ तर त्यसको नरमपन हराउने हुनाले फेसियल गर्नु जरुरी हुन्छ । बढी मात्रामा अमोनियाँ हाल्नाले छाला जल्न सक्छ । धेरै ब्लिच गरे छाला लुज हुनुका साथै र्‍यासेजको समस्या देखा पर्न सक्छ । सानो उमेरमा फेस ब्लिचिङ गर्नु हुँदैन । ब्लिचपछि रोमछिद्र खुल्ने भएकाले नरिसिङ क्रिमबाट मालिस गर्नु र प्याक लगाउनु आवश्यक हुन्छ । ब्लिच प्रयोग गरी घाममा निस्कँदा छाला जलेर अझ सुख्खा र चाउरीयुक्त हुनसक्छ । कान्तिपुर नारि

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, चैत्र १६, २०८०