गायिका पुर्णकला विसी र गायक बल बहादुर गुरुङको नयाँ लोक दोहोरी गीति एल्बम “मेरो संसार उज्यालो ” भिडियो सहित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ बैशाख २०७५, शुक्रबार ०४:२७

मौलिक गीत संगीतको रचना ओझेलमा परिरहेको बेला नेपालको परिस्थिति अनुसारको भाकाहरुलाई बजारमा ल्याउने क्रममा देवी म्युजिक सोलुसन प्रालीको प्रस्तुतिमा गायिका पुर्णकला विसी र गायक बलबहादुर गुरुङको नयाँ लोक दोहोरी गीति एल्बम “मेरो संसार उज्यालो” भर्खरै बजारमा आएको छ । मायामा पाएको चोटले परिवर्तन हुने प्रेमी प्रेमिकाको जीवन कहानी समेटेर सिर्जना गरिएको गितमा निकैमार्मिक रुपमा समेटिएको छ ।

धुब्र गुरुङको शब्द र सागर लामाको लय सिर्जना  रहेको गितको भिडियो छायांकन सागर गौत्तमले गरेका छन भने सम्पादन दिपक बिष्ट ले गरेका छन । अडियो र भिडियालाई देवी म्युजिक प्रालीले बजारमाल्याएको हो । भिडियोमा सागर थापा र लिला गिरी को अभिनय रहेको छ भने काजिश श्रेष्ठको निर्देशन रहेको छ ।

हेर्नुहोस भिडियो सहित

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१