टानद्वारा अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनको तेस्रो संस्करणको तयारी सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२८ बैशाख २०७५, शुक्रबार ०४:२३
काठमाडौँ । जेष्ठ ५, २०७५ (मे १९, २०१८)को दिन टानले रसुवा जिल्लामा अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनको तेस्रो संस्करणको आयोजना गर्न लागेको छ । ‘Adventure Sports for Sustainable Tourism’ भन्ने मूल नारा सहित टानले तेस्रो टान अन्तराष्ट्रिय लाङटाङ म्याराथुनको आयोजना गर्न लागेको हो । २०७२ सालको महाभूकम्प पछि अन्य पर्यटन क्षेत्रको तुलनामा धेरै ध्वस्त भएको लाङटाङको पुनः निर्माण स्वरुप निरन्तर आयोजना गर्दै आएको ४२.१९५ कि.मि. को म्याराथुन क्याङजिङ गोम्पा देखि सुरु भई घोडातबेला – लामा होटल – रिम्चे – शेर्पागाउँ – खान्जिम – व्रीदिम – लिङलिङ हुँदै स्याफ्रुवेंसीमा गई टुंगिनेछ ।

विगतका वर्षहरुमा बैशाख १२ मा म्याराथुनको आयोजाना गर्दै आएको र यस वर्ष पनि बैशाख १२ मै हुने गरि टान कार्यसमितिले तयारी गरेको भएतापनि विभिन्न प्राविधिक कारणले गर्दा रोकिएको म्याराथुन पुनः आयोजना गर्न लागिरहेको हो ।

म्याराथुनका महिला र पुरुष दुवै तर्फका प्रथम, दोस्रो र तेस्रो हुने विजेताहरुलाई क्रमश : नगद रकम रु.१ लाख ५ हजार, रु.७८ हजार ७ सय ५० र रु.५२ हजार ५ सय सहित पदक र प्रमाणपत्र पुरस्कृत गरिने छ ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको खेलकुद पर्यटन स्थल प्रवद्र्घनमा टेवा पुर्याउनु र साहासिक पर्यटनलाई प्रवद्र्घन गर्नुका साथै हिमाली भेगमा पाईने दुर्लभ रेड पाण्डा र पर्यावरण वातावरणको संरक्षण गर्नु यस अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनका मुख्य उदेश्य रहेको छ । नेपालको पर्यटन प्रवद्र्घन गर्नुका साथै लाङटाङ क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढाउन पनि मद्दत गर्ने उदेश्य लिएर टानले तेस्रो टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनको आयोजना गर्न लागिरहेको छ ।

नेपाल पर्यटन बोर्ड, रसुवा नुवाकोट पर्यटन समाज, यूनिक एड्भेन्चर एण्ड गुप्र :त्रिपल ए होलिडे, त्रिपल ए ट्रान्सपोर्ट, इन्टरनेशलन चार्टर हेली सर्भिस, नेपाल क्लाइम्बिङ् एड्भेन्चर, प्यारामाउन्ट टेन्ट र ट्रापौलिन इन्टरप्राइज, होटल पार्क साइड   (चितवन राष्ट्रिय निकुञ्ज), सतोरी एड्भेन्चर प्रा.ली, लाङटाङ री टे«किङ एण्ड एक्सपिडिशन प्रा.ली, स्नोइ होराइजन टे«क्स एण्ड एक्सपिडिशन, तेन्जिङ् इको ट्रेक प्रा.ली, गोसाँइकुण्ड गाउँपालिका लगायत अन्य संघ संस्थाहरु अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनका प्रायोजकहरु हुन् । साथै लाङटाङ क्षेत्रका स्नाथीय संघ संस्था र मिडियाको पनि उक्तिकै सहयोग रहनेछ ।

टान अन्तर्राष्ट्रिय लाङटाङ म्याराथुनले लाङटाङ क्षेत्रलाई विश्वमै उत्कृष्ट शाहसिक खेलकुदको लागि अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा चिनाउन योगदान पु¥याउने विश्वास लिएको छ । यस प्रतिष्ठित म्याराथुन प्रतियोगिताले खेलकुद पर्यटनको प्रवद्र्घन गर्नुको साथै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लाङटाङ क्षेत्रको प्रकृति, सस्ंकृति, भेषभूषा आदिको अवलोकन र अनुभव गर्न समेत सुअवसर मिल्नेछ ।

टानले यस म्याराथुनमा कम्तिमा १०० जना खेलाडि प्रतिस्पर्धीहरुको सहभागी हुने अनुमान सहित सम्पूर्ण तयारी पुरा  गरेको छ र आउँदो दुई वर्षमा कम्तिमा २०० जना विदेशी खेलाडि प्रतिस्पर्धीहरुको सहभागीता बढाउने अठोटका साथ टान कार्यसमिति अगाडी बढेका छन् ।

यस म्याराथुनको संयोजन टानका कार्यसमिति सदस्य तथा खेलकुद विभागका संयोजक ऋतु ग्याम्दानले गर्दै हुनुहुन्छ भने सम्पूर्ण टान कार्यसमिति म्याराथुन भव्य रुपमा सफल बनाउन केन्द्रित भएर पूर्ण तयारीका साथ अगाडि बढेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१