जसु याक्खाको “ यहाँ घाउहरु ” बोलको आधुनिक गित अब बजारमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ बैशाख २०७५, बिहीबार १९:४५

काठमाडौँ- नेपालि म्युजिक भिडियोको दुनियामा आफ्नु छुट्टै पहिचान बनाउन सफल मोडल तथा निर्देशक जसु याक्खाको निर्देशनमा भर्खरै मात्र “ यहाँ घाउहरु ” आधुनिक गित बजारमा आएको छ ।

ताप्लेजुङ जिल्ला आम्बेगुदीन गाबिसमा जन्मेका याक्खा केहि गर्नको निमित्त २०६१ सालमा काठमाडौं छिरेका उनले केहि समय आफ्नै कार्यमा बिताए । करिब २०६३ सालमा आफुले म्युजिक भिडियोमा मोडल समेत गरेका थिए ।

सुरुवाती दिनमा आफुलाई निकै कठिन भएपछी उनि विदेशको यात्रामा लागे । अहिले सम्म करिब आधा दर्जन भन्दा बेसी भिडीयोमा आफुले मोडलका रुपमा कार्य गरिसकेका छन् । उनि बिदेशमा रहेको बेला निर्देशन सबन्धि केहि अध्ययन गरिसकेको मिडिया डबली संग कुरा गर्दै बताए ।धेरै वटा म्युजिक भिडियोमा निर्देशन गरिसकेका उनले पछिल्लो समयमा निर्देशन गरेको म्युजिक भिडियो “यहाँ घाउहरु ” सार्बजनिक भएको छ ।

गायक बिनोद राईको आवाजमा बजारमा आएको उक्त गीतमा निश्चल प्रेम राईको शब्द तथा संगीत रहेको छ । छायांकार मुकेश हुमागाईंको छायांकन गरेका छन भने सम्पादक अमृत चापागाईको सम्पादन रहेको छ ।

भिडियोमा मोडल रिजन थेबे र आयुषा लिम्बुखिमको दमदार अभिनय देख्न सकिन्छ ।

भिडियो

https://www.youtube.com/watch?v=QJQY6QBzg-k

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१