डिप्लो र मो टुबोर्ग ओपन को साथ नयाँ अनुभवहरुको लागि स्टे ओपन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ बैशाख २०७५, मंगलवार १५:३३

डिप्लो र मो टुबोर्ग ओपन को साथ नयाँ अनुभवहरुको लागि स्टे ओपन
डेनिस ब्राण्ड टुबोर्गले, पहिलो सांगीतिक अभियानको सफलता पश्चात, ‘टुबोर्ग ओपन’फेरि आयोजना गर्ने घोषणा गरेको छ । जसले यस वर्ष भने विश्वख्याति प्राप्त कलाकार ‘डिप्लो’ र ‘मो’को विच सहकार्य गराई विभिन्न सांगीतिक प्रभावहरु खोज्दैविश्वभरका कलाकारहरुसँग संयोजन गरि नयाँ सांगीतिक ट्र«याकहरु बनाउने भएका छन् ।
अबको दोस्रो वर्षमा, टुबोर्ग ओपन ले फेरि एकपटक उत्कृष्ट संगीतकारहरुसँग मिलि केही विशेष रचना गर्दैछ ;एउटै विश्वव्यापी सन्देश भएको गीत तर कथा भने विश्वभरका प्रत्येक सहयोगी कलाकारले आफ्नो स्थानिय संस्कृति र विविधता झल्काउने आफ्नै शब्दहरुका साथ भनिनेछ । टुबोर्गको एसिया र युरोप भरिको प्रमुख बजारका कलाकारहरुले मानिसहरुलाई आफ्नै तरिकामा ‘ओपन टु मोर’हुन पे्रेरित गर्नेछन् जसले भरोसाको शक्ति र खुल्ला मनोवृत्तिले हामी सबैको जीवनको मूल्य बढाउँछ भन्ने कुरामा जोड दिन्छ ।
अमेरिकी निर्माता तथा डिजे, ‘डिप्लो’ जो अघिल्लो वर्षको अभियानमा सहभागी थिए, डेनमार्ककालोकप्रिय कलाकार, ‘मो’सँग फेरि आएका छन् । उनीहरु मिलि ‘स्टे ओपन’
नामक ट्र«याक रचना गरेका छन् । जसमा, विश्वभरका कलाकारहरुलाई ‘ओपन टु मोर’हुनुको औचित्य, आफ्नै शब्दमा प्रस्तुत गरि पुनःलेखन गर्ने निम्तो गरिएको छ ।
‘एम् टिभि ईएम्ए २०१७’मा ‘बेस्ट रसियन अ्याक्ट’को उपाधि जितेका डिजे तथा गायक,
‘ईभान र्डोन’सँग रसियामा काम गर्दैछ भने, भारत ‘विशाल डढलानी’सँग संलग्न भएको छ जसको सांगीतिक प्रभाव बलिउड देखि ईन्डि रक सम्म फैलिएको छ । नेपालले लोकप्रिय स्थानिय कलाकारहरुसँग सहकार्य गरेको छ, जबकि, गायक–
गीतकार ‘लेभान्टे’ले ईटाली मा हुने अभियानको नेतृत्व गर्नेछन् ।
यस वर्षको अभियान बारे बोल्दै, डिप्लोले भने,“टुबोर्ग ओपनको दोस्रो वर्षमा पनि सहभागि हुँदा निकै उत्साहित छु । यस वर्ष टुबोर्ग हामीमाँझ ‘ओपन टु मोर’ हुने विचारको साथ आएको छ र ‘मो’ र म ‘स्टे ओपन’ट्र«याकमा काम गरिरहेका थियांै, यस ट्र«याक मानिसहरुमा नयाँ व्यक्ति र नयाँ अनुभवहरुका लागि खुल्ला सोच हुनुपर्ने आवश्यकताको बारेमा रहेको छ ।”

“यस ट्र«याक यस अभियानलाई सुहाँउदो छ र विश्वभरका कलाकारहरु यस विचारलाई आफ्नो तरिकाबाट बदल्न र आफ्नै धारणाबाट खुल्ला सोच हुनुपर्ने विचार लिएर आईरहनु भएको छ जुन, यस योजनाको सबै भन्दा उत्कृष्ट पक्ष हो ।”

डेनिस गायक तथा गीतकार, ‘मो’ विश्वव्यापी सहकार्य प्रक्रियाका लागि उत्साहितछन् ः“मेरो लागि तयार भएको ट्र«याक पाउनलाई गरिने यात्रा नै उत्कृष्ट रहेको छ, नयाँ चल्तीहरुकोबारेमा खुल्ला रुपले साेंच्दा, हामीले कहिल्यै नमिल्ने भनेर सोंचेका कुराहरु, कहिले–काही राम्रो सँग मिल्न जान्छ, सुरुमा आफुसँग भएको ट्र«याक पूर्ण रुपले फरक हुनेहुँदा निकै उत्साहित छु ।”

उक्त विश्वव्यापी ट्र«याकको ११ मे २०१८ मा प्रदर्शनी हुनेछ जसमा, विश्वव्यापी र स्थानिय कलाकारहरुको आफु ‘ओपन टु मोर’भएको यात्राको कथा हुनेछ । अभियान अन्–प्याड र डिजिटल का साथ चल्नेछ र वर्षको पछि डिप्लो र मो तथा स्थानिय कलाकारहरुको साथ लाईभ सांगीतिक कार्यक्रम गरि अभियान समापन गरिनेछ ।
टुबोर्गका अन्तर्राष्ट्रि«य बजार प्रबन्धक, मिलन शाहका अनुसार, “टुबोर्गको संगीतसँग लामो र गर्व हुने सम्पदा रहेको छ । जसले, नयाँ शैली र कलाकारहरुलाई नयाँ बजारमा चिनाउन मदत गर्दछ । यस वर्षको टुबोर्ग ओपन अभियान मार्फत हामी फेरि एक पटक विश्वभरका मानिसहरुलाई‘ओपन टु मोर’ हुन प्रोत्साहन गर्दछौं । जिज्ञासु हुन, वरिपरिको संसार घुम्न, नयाँ अनुभवहरु संकलन गर्न र अरुसँग बाड्न प्रोत्साहन गर्नेछौं ।”

गोर्खा ब्रुअरी प्रा.ली. का मार्केटिङडाईरेक्टर, बैभब शर्मा का अनुसार, “हामी टुबोर्गअन्तर्राष्ट्रि«य डिप्लो र मो लाई यहाँका स्थानिय कलाकारहरुसँग सहकार्यको लागि घोषणा गर्न पाउँदा उत्साहित भएकाछौं

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१