यी हुन् बलिउडका घमण्डी नम्बर वान यी हुन् बलिउडका घमण्डी नम्बर वान नायिकाहरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ बैशाख २०७५, मंगलवार ०५:०८

मानिस आफ्नो रहनसहन र स्ट्याटस बदलिने साथै घमण्डी बन्दै जान्छ भन्ने कुरा त हामीले सुन्दै आएका हौँ । तर यो सबैमा लागु हुन्छ भन्ने होइन ।

बलिउडका केही नायिकाहरु छन् । जो सेलिब्रेटी भएसँगै घमण्डी भएका छन् । उनीहरुले अफूलाई घमण्डी भनेको रुचाउँछन् रुचाउदैनन् त्यो थाहा छैन तर धेरैले यी बलिउड नायिकाहरुलाई घमण्डी भन्ने गर्छन् ।

श्रद्धा कपूर

घमण्डीको सुचीमा पर्ने चल्तिफूर्ती एक नायिका हुन् श्रद्धा कपुर । उनी घमण्डी मात्रै नभएर रिसाहा पनि छिन् भन्नेहरु धेरै छन् ।

रेखा

सदाबहार अभिनेत्रीको ट्याग पाएकी रेखा पनि घमण्डी अभिनेत्रीहरु सूचीमा पर्ने गरेकी छिन् । खासगरी उनी आफ्नो प्रसिद्धीका कारण मात्रै नभएर उनको अमिताभसँगको सम्बन्धका विषयमा बोल्नेबेला उनले आफ्नो घमण्डीपन देखाउने गरेको पत्रकारहरुको आरोप छ ।

राखी सावन्त

‘ड्रामा क्वीन’ को नामले चर्चित राखी सावन्तको नाम पनि यस सूचीमा समावेश गरिएको छ । राखी पछिल्लो दिनहरुमा कुनै न कुनै कारण सञ्चार माध्यम र सामाजिक सञ्जालमा चर्चामा छाईरहेकी छिन् । तर उनलाई बलिउडका प्रसिद्ध कलाकारहरुले घमण्डी अभिनेत्रीको रुपमा गन्ती गर्ने गरेका छन् । यसको मुख्य कारण उनले दिने बयान हो ।

मलाइका अरोडा

अर्की घमण्डी नायिका हुन् मलाइका अरोडा । उनलाई पनि बलिउडमा निक्कै घमण्डी कलाकारका रुपमा हेरिन्छ । उनी आफूभन्दा निम्नस्तरको मानिससँग घमण्डी रुपमा प्रस्तुत हुने गरेको भारतीय सञ्चारमाध्यमहरुको आरोप छ ।

हेमा मालिनी

हेमा मालिनी कुनै जमानामा निक्कै प्रख्यात नायिका हुन् । उनलाई ‘ड्रिम गर्ल’को रुपमा पनि चिनिन्छ । तर उनीमा पनि घमण्डीपनको उग्र रुप रहेको सञ्चारमाध्यमहरुको अरोप छ । उनी रुपसँगै घमण्डको पनि धनी हुन् भन्नेहरु धेरै छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख २६, २०८१