यसरी बनाउनुहाेस् स्वदिलाे गुन्द्रुककाे अचार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ बैशाख २०७५, मंगलवार ०५:०२

सुजाता मिश्र,
हाम्राे देशकाे सबैभन्दा प्रख्यात अचार, गुन्द्रुककाे अचार । यो बनाउन जति सजिलो छ खाँदा पनि उत्तिकै मिठो हुन्छ । नेपालीहरुको घरमा गुन्द्रुक सजिलै पाइन्छ ।

सामाग्री

– आवश्यकता अनुसार गुन्द्रुक
– हरियो पियाज
– हरियो धनियाको पात
– आधा चम्चा भुटेको जिरा
– १ चम्चा मेथी
– एउटा उसुनेको टमाटर
– मसिनो गरी काटेको १,१ चम्चा लसुन र अदुवा
– स्वाद अनुसार नुन
– आधा चम्चा बेसार
– भुटेको सुकेको खुर्सानी
– २ चम्चा तेल

विधि

गुन्द्रुकलाई मनतातो पानीले भिजाउनुहोस् । भुटेको खुर्सानी,भुटेको जिरा, अदुवा,लसुन, टमाटर मसिनो हुनेगरी पिस्नुहोस् । भिजाको गुन्द्रुक पनि मजाले पिस्नुहोस् । र एउटा भाडोमा राखेर सबै मर मसला राख्नुहोस् । अब प्यान आगोमा बसाल्नुहोस् र तेल हाल्नुहोस्, तेल तातिसकेपछि मेथी, बेसार फुराउनुहोस् अनि अचारमा झान्नुहोस् । अन्तमा काटेर राखेको धनिया हालेर राम्रोसंग चलाउनुहोस् ।
अब स्वादिलो गुन्द्रुकको अचार तयार भयो । आफूलाई मन पर्ने मकै,चिउरा, खाना जे संग पनि खान सक्नुहुन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१