बिहान होइन बेलुकी नुहाउनुस्, यस्ता छन् गज्ज़बका फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ बैशाख २०७५, मंगलवार ०४:४६

बिहान नुहाउनुहुन्छ कि बेलुकी ? यो तपाईंको व्यक्तिगत रुचिको विषय हो । यद्यपि, प्रायः मानिस बिहान नुहाउन मन पराउँछन् । जुन स्वस्थ जीवनका लागि फाइदाजनक पनि हो ।

तर, तपाईंलाई यो कुरा सुन्दा अचम्म लाग्न सक्छ कि बिहानभन्दा बेलुकी नुहाउनु बढी फाइदाजनक हुन्छ । फिटनेस एक्सपर्ट वानिथा अशोकले बेलुकी नुहाउँदा फाइदा बताएकी छिन् ।

१ छालाको इन्फेक्सनबाट मुक्त हुन

प्रायः मानिसले बेलुकी हातखुट्टा सफा गरेर सुत्ने गर्छन् । यति मात्र नभएर सुत्नुअघि नुहाउनु निकै जरुरी भएको स्किन एक्सपर्टहरू बताउँछन् । खासगरी गर्मी मौसममा बेलुकी नुहाउँदा निकै फाइदा हुन्छ ।

किनभने, दिनभर काम गर्दा शरीरमा फोहोर जम्मा भएको हुन्छ । जसका कारण छालामा इन्फेक्सन हुने खतरा हुन्छ । त्यसैले सुत्नुअघि नुहाउँदा शरीर सफा मात्र नभएर विभिन्न संक्रमणबाट पनि बच्न मद्दत पुग्छ । यस्तो बानीले छाला कोमल बन्न पनि सघाउँछ ।

२ आरामदायी निद्रा

सुत्नुअघि नुहाउँदा आरामदायी निद्रामा सहयोग पुग्छ । यसले दिनभरको थकानबाट मुक्त हुन सहयोग मिल्छ । तपाईंले नुहाउने पानीमा सुगन्धित तेलका केही थोपा राख्न पनि सक्नुहुन्छ । यसरी नुहाउँदा तपाईंलाई रिल्याक्स फिल हुन्छ । तेलले छालाका लागि मोस्चराइजरको पनि काम गर्छ ।

३ तौल कम गर्न

नुहाउने समय शरीरको क्यालोरी पनि केही मात्रामा जलेर जान्छ, जुन तौल घट्ने पहिलो स्टेप हो । त्यसैले बेलुकी नुहाउँदा मोटोपनबाट मुक्त हुन पनि सहज हुन्छ ।

४ मुड ठीक राख्न

दिनभर काम गर्दा स्वाभाविक रूपमा मानिसले थकाइको अनुभूति गर्छ । थकाइले मानिसको मुड पनि खराब गर्छ । अनि स–साना कुरामा पनि रिस उठ्छ । यस्तो अवस्थामा तपाईंले थकाइलाई टाढा राख्ने गतिविधि गर्न आवश्यक हुन्छ । थकाइबाट मुक्त हुँदा तपाईंको मुड पनि ठीक ठाउँमा आउँछ र तपाईंको स्फूर्ति जाग्न थाल्छ । थकाइ र प्रदूषणबाट मुक्त हुन रातमा नुहाएर फाइदा उठाउन सक्नुहुन्छ ।

५ बिहान नुहाउँदा

यसमा दुई मत छैन कि नुहाएर दिनको सुरुवात गर्नु निकै राम्रो हुन्छ । बिहानको समय नुहाउँदा तपाईंको इनर्जी लेभल पनि बढ्छ । यस्तो गतिविधिले शरीरको तापक्रम सन्तुलित राख्ने कामसमेत गर्छ । अझ बिहानको वर्कआउटपछि नुहाउन अनिवार्य छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१