पूर्वका विद्यालय एक महिना बन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०७५, सोमबार ०५:२२

रुकुम । रुकुम पूर्वमा रहेका विद्यालय  बन्द भएका छन् । बहुमूल्य यार्सा टिप्न शिक्षक, विद्यार्थी र अभिभावक हिमाली पाटनतर्फ जान थालेपछि यहाँका विद्यालय बन्द हुन थालेका हुन् ।

यार्साको समयमा यहाँका अधिकांश विद्यालय बन्द हुने गर्दछन् । जेठको दोस्रो सातादेखि खुला गरिने यार्सा टिप्न वैशाख दोस्रो सातादेखि नै उनीहरु पाटनतर्फ जान्छन् ।

यस समयमा यहाँका दर्जन बढी माध्यमिक विद्यालय र त्यत्तिकै आधारभूत विद्यालय बन्द हुने गर्दछन् । एक याममा यहाँका स्थानीयले रु ५० हजारदेखि पाँच लाखभन्दा बढी कमाउने गरेको स्थानी बताउँछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१