काँचो आँप खान मन पर्छ ? यस्ता छन् फाइदा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ बैशाख २०७५, आईतवार ०५:४२

काठमाण्डौ । आँपलाई फलको राजा पनि भन्ने गरिन्छ । गर्मि महिनामा आँप खान सबैलाई मन पर्छ । हल्का अमिलो काचोँ आँप खान निकै मिठो हुन्छ । खाँचो आप खान मिठो मात्रै हैन शरिरमा पनि निकै फाईदा गर्छ । काँचो आँपमा विटामिन९ए,सी र ई बाहेक क्याल्शियम, फस्फोरस र फाइबर प्रसस्त मात्रामा पाईन्छ ।

काँचो आँप खानुका फाइदा स्

१. काँचो आँप खादाँ पेट सम्बन्धि समस्या निको हुन्छ ।

२.काँचो आँपले शरीरको रोग प्रतिरोधक क्षमता ठीक बनाई राख्न मद्वत गर्दछ ।

३. काँचो आँपमा विटामिन९सी हुन्छ जसले रक्त कोशिकालाई लचीलो बनाउछ र शरिरमा रक्तसञ्चार राम्रोसँग हुन्छ ।

४. गर्मी महिनामा भोक नलाग्ने, अपच हुने समस्या हुन्छ यस्तो समयमा काँचो आपको अचार बनाएर खाना खाएमा फाईदा गर्छ ।

५. काँचो आँपमा फाइबर भरपूर मात्रामा हुन्छ जसले शरिरमा शरीर जमेर बसेको चिल्लोलाई घटाई तौल कम गर्न मद्वत गर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१