फेरि ट्विटरमा समस्या , सबैलाई पासवर्ड परिवर्तन गर्न आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ बैशाख २०७५, आईतवार ०५:०७

काठमाडौ । पुन ट्विटरमा समस्या आएको छ । सो कारण ट्विटर प्रयोग गर्ने सबैलाई पासवर्ड परिवर्तन गर्ने आग्रह गर्रिएको छ । ट्विटरले आफ्ना सबै प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको छ ।

आन्तरिक नेटवर्कमा केही समस्या देखिएकाले ट्विटरले आफ्ना ३३० मिलियन प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न भनेको हो ।यद्यपि पासवर्ड चोरी भएको या कुनै दुरुपयोग भएको प्रमाण भने पाइएको छैन । तर, सावधानी अपनाउन पासवर्ड परिवर्तन गर्नुपर्ने ट्विटरले बताएको छ ।

ट्विटरमा देखिएको समस्याबाट कति प्रयोगकर्ता प्रभावित भए भन्ने कुराको जानकारी भने दिइएको छैन ।ट्विटरका कार्यकारी प्रमुख ज्याक डोरसेले भनेका छन्, ‘हालै हामीले केही बग फेला पत्ता लगायौं जहाँ मास्किङरहृयासिङ प्रक्रिया पूरा गर्न आन्तरिक नेटवर्कमा केही लेखिएको थियो ।

त्यो समस्यालाई समाधान गरिसकिएको छ । दुरुपयोग भएको कुनै संकेत पनि पाइएन । र, हामीले यस आन्तरिक समस्याको बारेमा जानकारी दिँदा राम्रो हुन्छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१