मोदी आउँदा अन्नपूर्ण पदमार्ग तीन दिन बन्द

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ बैशाख २०७५, आईतवार ०४:४९

काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा अन्नपूर्ण पदमार्ग तीन दिन बन्द गरिने सुचना जारी गरिएको छ ।प्रधानमन्त्री मोदी मुस्ताङ भ्रमण जाने कार्यक्रम तय भएपछि पदमार्ग बन्द गरिएको हो ।

उक्त क्षेत्रमा भ्रमण गर्ने पर्यटक थोराङ्ला भञ्ज्याङ पार गरेर मुक्तिनाथ मन्दिर पुग्ने भएकाले सुरक्षाका लागि पदमार्ग बन्द गर्न लागिएको जनाइएको छ ।मनाङका निमित्त प्रमुख जिल्ला अधिकारी जयराम भण्डारीले तीन दिनसम्म पदमार्गमा आवत–जावत बन्द गर्न लागिएको जानकारी दिए ।

वैशाख २७ देखि २९ गतेसम्म पदमार्ग बन्द गरिने भण्डारीले उनले बताए ।अन्नपूर्ण पदमार्गमा आउने पर्यटकलाई तीन दिनसम्म मनाङमै रोकिने भएको छ ।

भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणकाक्रममा यही वैशाख २८ गते मुस्ताङको मुक्तिनाथ दर्शनका लागि जाँदैछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१