सेक्स गर्दा यी कुरामा ध्यान दिनुहोस्। चरम सन्तुष्टिका साथै सम्बन्ध पनि राम्रो रहिरहन्छ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०७५, शनिबार १७:११

सेक्स प्राकृतिक पक्ष हो र यो अपरिहार्य छ । एक अर्कामा समन्वय, समझदारी र सौहार्दपूर्ण वातावरणमा गरिएको सेक्सले मानिसको जीवनमा सकारात्मक असर पुर्याउँदछ ।

पार्टनरको भावना बुझेर र तरिका मिलाएर गरिएको सेक्सले बढि आनन्द दिने गर्दछ तर, सही समय नआई चालिएको कदमले पुरै सेक्स मुड नै बिगार्न सक्दछ । सेक्स मुड नबिग्रियोस् भन्ने चाहनुहुन्छ भने यी कुराहरु नगर्नुहोस् ।

१. किस नगर्नेः
धेरै मानिसहरु प्रायः महिलाले सेक्स गरिरहेको बेला आफ्नो पार्टनरलाई किस गर्दैनन् । सेक्स गर्दा किस गर्न नमिलेर हुनसक्छ अथवा उनीहरुलाई क्लाइमेक्स पुग्न हतार भएर पनि किस नगरिरहेका हुनसक्छन् । तर, सेक्स गर्दा किस गर्नुलाई उपयुक्त मानिन्छ किनभने यसले एकअर्कामा मायाको भावना ल्याउने गर्दछ ।

२. आफ्नो पार्टनर तयार हुनुपूर्व टोक्नुः
धेरै मानिसहरुले सेक्सको मामलामा आफ्नो पार्टनर वाइल्ड नै मन पराउँछन् तर, आफ्नो पार्टनर सेक्सका लागि तयार हुनुपूर्व नै शरीरको कुनै पनि भागमा टोक्नुभयो भने दुखाई र असजिलोपनले गर्दा पूरै सेक्स मुड अफ हुनसक्छ त्यसकारण आफ्नो पार्टनर पूरै उत्तेजित भएपछि मात्र उनको कान, कुम, घाँटी र शरीरको अरु भागमा टोक्ने गर्दा राम्रो हुन्छ ।

३. आनन्द दिने शरीरका भाग बिर्सनुः
यौनाङ्ग चलाउँदा यौनसन्तुष्टि प्राप्त हुने कुरा सबैलाई थाहा छ तर यसको अलावा आफ्नो पार्टनरको शरीरका अरु भागलाई पनि ध्यान दिनुहोस् । घुँडा, नाडी, पिठ्युँ र पेट महिला र पुरुषहरुका लागि बढी संबेदनशील हुने भएका कारण यी भागहरुलाई सुम्सुम्याउने गरेमा बढि यौनसन्तुष्टि प्राप्त हुन्छ ।

४. आफ्नो तौल पार्टनरमा थुपर्नुः
यदि तपाईं महिला हुनुहुन्छ भने पनि आफूलाई आफ्नो पार्टनरलाई सुम्पनु राम्रो कुरा हो तर यदि तपाईं आफ्नो पार्टनरको माथि बसिरहनुभएको छ भने सास फेर्न नसक्ने गरेर आफ्नो तौल उनीहरुमाथि नथुपार्नुहोस् यसले सेक्स मुड बिगार्ने सम्भावना निकै हुन्छ ।

५. चरमोत्कर्ष निकै चाँडै– ढिलोः
यो बुँदा पुरुषहरुका लागि उपयुक्त हुन्छ । पुरुषहरुले सही समयमा चरमोत्कर्षमा पुग्नको लागि आफ्नो मांसपेशीलाई कन्ट्रोल गर्नसक्न पर्छ । यदि चरमोत्कर्षमा छिट्टै पुग्नुभयो भने तपाईंले आफ्नो पार्टनरलाई आनन्द दिन सक्नुहुन्न र यदि धेरै ढिला गर्नुभयो भने पनि बोर मानेर गर्नुहुनेछ । यस्तो समस्या हटाउनको लागि फोरप्लेमा धेरै समय बिताउनुहोस् ।

६. सेक्सलाई पोर्नको रुपमा हेर्नुः
कोहि मानिसहरु वाइल्ड सेक्सप्रति आकर्षित हुन्छन् । यस्तो सेक्स रुचाउनुहुन्छ भने आफ्नो पार्टनरसँग कुरा गरेर मात्र वाइल्ड सेक्समा सरिक हुनुहोस् ।

७. चुपलागेर बस्ने गर्नुः
यदि तपाईंको पार्टनरले राम्रो महसुस गरिरहेको छ भने तपाईंलाई थाहा हुन मनलागे जस्तै सेक्स गर्दा आफूलाई केहि कुरा मनपर्यो भने पार्टनरलाई बताउने गर्नुहोस् यसले तपाईंको पार्टनरलाई आफूले के गर्दा राम्रो हुन्छ भन्ने कुरा थाहा हुन्छ र प्रोत्साहन पनि दिन्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख १२, २०८१