साउथका सुपरस्टार महेश बाबुको सम्पति कति छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०७५, शनिबार ०५:०१

काठमाडौ । ४ वर्षको उमेरदेखि अभिनय करिअर सुरु गरेका साउथका सुपरस्टार महेश बाबु करीब १२७ करोडको प्रोपर्टीका मालिक हुन् ।

२००५ मा मिस इन्डिया र बलीवुड एक्ट्रेस समेत रहेकी नम्रता शिरोडकरसँग विवाह गरेका महेशसँग आकर्षक कार कलेक्सन पनि छ । उनको हैदराबादमा एक लग्जरी महल छ, जसको मूल्य अहिलेको अवस्थामा करीब ११ करोड भारतीय रुपैयाँ पर्छ ।

महेश बाबु एक फिल्मका लागि करीब १८ देखि २० करोडसम्म पारिश्रमिक लिने गर्छन । उनले बाल कलाकार भएर १९९० सम्म दर्जनौ फिल्ममा काम गरे । यसपछि उनले आफ्नो कलेजको अध्ययनका लागि अभिनयबाट ब्रेक लिए ।

१९९९ मा उनले मुख्य भूमिकामा फिल्म ‘राजा कुमारुदु’ बाट डेब्यू गरे । यो फिल्ममा प्रिटी जिन्टाको पनि अभिनय थियो । यो फिल्म सुपरहिट भएको थियो । उनले ‘मुरारी’, ‘बबी’, ‘ओक्काडू’, ‘अर्जुन’ , ‘पोकिरी’ , ‘बिजनेसम्यान’, ‘आगदु’ , ‘ब्रह्मोत्सवम’ सहित कयौं फिल्ममा काम गरेका छन् ।

भर्खरै मात्र पछिल्लो रिलिज फिल्म ‘भारत इने नेनु’ उनको करियरकै सर्वाधिक कमाउने फिल्म बनेको छ। पोलिटिकल ड्रामा फिल्मले २०० करोड पार लगाउने भइपछि यस्तो भएको हो। सो कमाइ गर्न खास गार्हो नपर्ने भारतीय संचारमाध्यमले जनाएका छन्।

फिल्मले भारतसँगै विदेशमा समेत सोचेभन्दा गतिलो व्यापार गरिरहेको छ। फिल्मले अमेरीकी वक्सअफिसमा मात्रै ३।५ मिलियन अमेरीकी डलरको आँकडा छुन थालेको छ। यस्तो कमाइ गर्ने यो दोस्रो टलिउड फिल्म हो। फिल्ममा महेश बाबु मुख्यमन्त्रीको भूमिकामा देखिएका छन्।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१