कट्रिना कैफ र आलिया भट्टको मित्रता चिसिनुको कारण अभिनेता रणबीर कपूर भएको खुलासा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ बैशाख २०७५, शनिबार ०४:५१

काठमाडौ । बलिउडमा अभिनेत्रीद्धय कट्रिना कैफ र आलिया भट्टको मित्रताको निकै चर्चा हुने गर्दछ । यी दुई आफूहरूलाई सामाजिक सञ्जालमा बेस्ट फ्रेण्डको रूपमा चिनाउने गर्दछन् । तर यति बेला यी दुईको मित्रता चिसिएको भारतीय मिडियाले लेखेको छ । यी दुईको मित्रता चिसिनुको कारण अभिनेता रणबीर कपूर भएको बलिउड मिडियाले जनाएको छ ।

पछिल्लो समय चलचित्र ‘ब्रह्मास्त्र’मा आलिया र रणबीर एकसाथ काम गरिरहेका छन् । चलचित्रको सुटिङको सेटबाट आलियाले रणबीरसँगको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी थिइन् । उक्त तस्बिरको कारण कट्रिना आलियासँग रुष्ट भएको बताइएको छ ।

रणबीर र कट्रिना लामो समयसम्म एकअर्काको प्रेमसम्बन्धमा रहेका थिए । तर गत वर्ष यी दुईको ब्रेकअप भइरहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१