ढुक्क भइन् विपाशा, धेरैपछि पाइन् एउटा फिल्म, गर्लिन् त कमाल ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२१ बैशाख २०७५, शुक्रबार ०४:२१

एजेन्सी ।अभिनेत्री विपाशा वसु फिल्मविहीन भएको धेरै भयो । तीन वर्षअघि करणसिंह ग्रोबरसँग बिहे गरेकी उनलाई दर्शकले ‘एलोन’पछि पुनः पर्दामा हेर्न पाएका छैनन् ।फिल्मी करिअर ओरालो लागेपछि विवाह बन्धनमा बाँधिएकी विपाशाका फ्यानका लागि एउटा खुसीको खबर छ ।

खबर हो, विपाशालाई कसैले फिल्म अफर गरेको छ । र, उनले अफर स्वीकारिसकेकी छिन् । ‘स्लाइस अफ दी लाइफ’ नामक सो फिल्ममा विपाशा मुख्य भूमिकामा रहेको बताइन्छ ।फिल्ममा विपाशाका साथ उनका पति करणसिंह पनि महत्वपूर्ण भूमिकामा हुनेछन् । फिल्मको कथा, जनरा भने खुलाइएको छैन ।

भारतीय मिडियाका अनुसार स्लाइस अफ दी लाइफको आगामी साताबाट लन्डनमा सुटिङ हुँदै छ । त्यहाँ करिब एक महिना सुटिङ चल्नेछ । नयाँ पत्रिकाले छापेको छ ।

विपाशाका पति करणसिंह अभिनीत ‘३ देव’ फिल्मको हालै टे«लर सार्वजनिक भएको छ । उक्त फिल्ममा करणका साथमा कुणालराय कपुर र रवि दुवे मुख्य भूमिकामा छन् ।करण ३ देवप्रति निकै आशावादी छन् भने विपाशा पनि नयाँ फिल्ममा अनुबन्धित भएकोमा खुसीले गद्गद भएको मिडियाले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख १५, २०८१