न्यूज लाईन्स् मिडियाको प्रथम वार्षिकोत्सव राजधानीमा सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० बैशाख २०७५, बिहीबार ०६:३९

काठमाडौं । न्यूज लाईन्स् मिडियाको प्रथम वार्षिकोत्सवको अवसरमा बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री तामाङले यस्तो बताएका हुन । ‘च्याउजस्तै उम्रेका अन्लाईन मिडियालाई व्यवस्थ्ति, मर्यादित र नीतिगत सुधारका लागि सरकारले निर्देशिका ल्याउँदैछ’ उनले भने,‘त्यसबेला सरकारलाई कडा रुपमा प्रस्तुत भयो नभन्नुहोला, अतिरञ्जित समाचारहरुले समाजमा नकारात्मक प्रभाव पारेका छन्, ती कुराहरुलाई पत्रकार महासंघ, प्रेस काउन्सीलले पनि हेर्नुपर्छ ।’

मन्त्री तामाङले पछिल्लो समय नेपाली अनलाईन मिडियाहरुले पत्रकारिता भन्दा बढि अनुमानकारिता गरिरहेको आरोप लगाए । उनले अघि थपे,‘मन्त्रिमण्डल गठन हुने समयमा अनलाईन खोलेर समाचार हेर्यो, अनलाईनहरुले एक छिनमा एउटालाई मन्त्री बनाईरहेका हुन्छन्, तर केही समयपछि अर्कै मन्त्री बनिरहेको हुन्छ, तर बन्नेबेलामा चाहीँ अर्के व्यक्ति मन्त्री बन्छ, हो यही हो अनुमानकारिता, अनलाईनहरुलाई व्यवस्थित बनाउन र, सत्य र तथ्यमा आधारित न्यूज प्रकाशनको लागि हामी छिट्टै नयाँ निर्देशिका ल्याउँछौं।’ यद्धपी उनले सरकारले प्रेस स्वतन्त्रतामाथि कुनैपनि अवरोध नगर्ने विश्वास दिलाए ।

न्यूज लाईन्स् मिडिया नेटवर्ककी निर्देशक रिता ढकाल भट्टको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुकमा व्याप्त रहेको भ्रष्टाचार नियन्त्ररण गर्नको लागि सरकार पूर्ण कटिवद्ध रहेको विश्वास दिलाए । उनले भने,‘मुलुकको समृद्धिको पहिलो बाधक भ्रष्टतन्त्र हो, अहिलेको सरकार यस्ता गलत प्रवृतिको अन्त्य गर्नको लागि निरन्तर लागिपरेको छ, सुशासन हाम्रो पहिलो शर्त हो ।’

उनले अघि थपे,‘न्यूज लाईन्स् मिडियाको प्रथम वार्षिकोउत्सवमा पत्रकार जगतलाई आग्रह गर्न चाहन्छु, अब सरकारका हरेक कामकारबाहीहरुलाई मिडियाले निश्पक्ष भएर निगरानी गर्नुपर्छ, यदि सरकार गलत भए तपाईहरुले खबरदारी गर्न सक्नुहुन्छ।’

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले मुलुकमा भ्रष्टाचार हुनुमा पहिलो दोषी नेताहरु नै भएको आरोप लगाएका छन् । उनले भने,‘भ्रष्टाचार हुनुमा मुख्य दोषी नेताहरु नै हुन्, उहाँहरुले सुशासन कायम गर्न सक्नुभएन, यो दुःखदायी कुरा हो, अब त्यस्तो गलत काम नहोस्।’

 

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, बैशाख ५, २०८१