७२ प्रतिशत महिलाहरु यस्तो यौन जीवन रुचाउँदा रहेछन्

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० बैशाख २०७५, बिहीबार ०५:४१

यदि तपाई आफ्नो महिला पार्टनरलाई यौन सम्पर्कका क्रममा चरमोत्कर्ष पुराउनका लागि पेनिट्रेटिभ अर्थात गहिराईसम्म लैजाने सेक्स पर्याप्त छ भन्ने सोच्नु हुन्छ भने एउटा अध्ययनले तपाईको यो सोच गलत सावित गर्न सक्छ ।

जर्नल अफ सेक्स एण्ठ मेरिटल थेरापीमा प्रकाशित अध्ययनको नतिजाअनुसार ७२ प्रतिशत महिलाहरुले आफ्ना लागि अर्गज्मसमम पुग्नका लागि क्लिटरल उत्तेजना आवश्यक पर्ने बताएका छन् ।

अध्ययनमा क्रममा गरिएको सर्भेमा १८ देखि ९४ वर्ष उमेर समूहका १ हजार ५५ जना महिलालाई सहभागी गराइएको थियो । जसलाई अनलाइन माध्यमबाट आफ्नो यौन जीवनका बारेमा केही प्रश्न सोधिएको थियो ।

यो सर्भेको नतिजा निकै रोचक छ । एकातिर जहाँ ३६।६ प्रतिशत महिलाले अर्गज्मका लागि क्लिटरल उत्तेजना निकै आवश्यक भएको बताए । ३६ प्रतिशत महिलाका अनुसार उनीहरुलाई अर्गज्मका लागि भजाइनल पैंपरिंगको आवश्यकता पर्दछ । जबकि १८।४ प्रतिशत महिलाले आफूलाई मात्र पेनिट्रेटिभ सेक्स नै आफ्ना लागि अर्गज्मसम्म पुग्न काफी रहेको स्वीकार गरे ।

यो सर्भेमा महिलाहरुसँग यो पनि सोधिएको थियो कि कुन प्रकारको यौन उत्तेजनामा उनीहरुलाई सबैभन्दा बढी आनन्द आउने गर्दछ रु यसको जवाफमा रिदमिक मोशन, डिफरेन्ट पैटर्न र सर्कलिंगलाई सबैभन्दा बढी महिलाले मन पराए ।

यो सर्भेमा अधिकांश महिलाले स्वीकार गरे कि जब सेक्सभन्दा पहिला फोरप्लेमा बढी समय दिइन्छ र जब उनीहरु पार्टनरका साथ इमोशनली अट्याच्ड रहन्छन् तब उनीहरुलाई अधिक अर्गज्म महशुस हुन गर्दछ । यसका साथै सर्भेमा समावेश ५ मध्ये एक महिलाले मात्र सेक्स जति लम्बियो त्यति नै राम्रो हुने बताइन्, अर्थात अन्य अधिकांश महिलाहरुले कम ड्युरेशनलाई उत्तम बताए । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१