पूर्व मन्त्रि ढकाल बने मुगु जिल्लाका आठ बालबालिकाका अभिभाबक

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२० बैशाख २०७५, बिहीबार ०४:४८

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले मुगु जिल्लाका अति बिपन्न आठ जना बालबालिकालाइ  उपत्यकाको एकता एकाडेमीमा भर्ना गर्नु भयको छ । नेपाल सरकारले घोषणा गरेको बालबालिका भर्ना अभियान २०७५ मा ऐक्यबद्धता जनाउदै पूर्व मन्त्रि ढकालले मानब विकासको सूचांकमै अति तल रहेको मुगु जिल्लाका बालबालिकालाइ उपत्यकामा अध्ययन गर्ने अवसर मिलाई दियका हुन् । बालबालिका भर्ना गर्न एकता एकाडेमी ललितपुर पुगेका ढकालले अशिक्षा र गरिबीको अन्त्य गर्न सरकार र नागरिक एक भयर अघि बढ्नु पर्ने बताउनु भयो । पूर्व सांसद समेत रहेका ढकालले संविधानले शिक्षा लाइ मौलिक हकको रुपमा स्वीकार गरे पनि अझै हजारौ बालबालिका शिक्षाको उज्यालो घाम वाट बन्चित हुनु परेकोमा चिन्ता ब्यक्त गर्दै संमृद्ध नेपाल निर्माण गर्न मुलत शिक्षामै जोड दिनु पर्ने बताउनु भयो । पूर्व मन्त्रि ढकालले भर्ना गर्नु भयका बालबालिका हरुमा कुशल बुढा, राजेन्द्र चन्द्रा, सुष्मा चन्द्रा, बिबेक बुढा, सरिता चन्द्रा, सुमन बुढा, आकृति बिक र सरोज बिक हुन । पाँच जना मात्र बालबालिका आज भर्ना कार्यक्रममा बिद्धालयमा उपस्थित भय पनि नेता ढकालले आठ जनाकै भर्ना गरिदियका थिय । एकता एकाडेमीका प्राचार्य कृष्ण प्रसाद ढकालले पूर्व मन्त्रि ढकाललाई धन्यबाद दिदै बिधार्थीहरुलाइ उचित शिक्षा प्रदान गर्न कुनै कसुर बाँकि नराख्ने प्रण गर्नु भयो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शनिबार, बैशाख ८, २०८१