टेटे खेलाडी छनोट पूरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०७५, बुधबार ०६:२१

इन्डोनेसियामा हुने आसन्न १८ औं एसियाली खेलकुदमा सहभागी हुने टेबलटेनिस खेलाडीको सोमबार टुंगो लागेको छ । अखिल नेपाल टेबलटेनिस संघले छनोट प्रतिस्पर्धाबाट समान ३–३ पुरुष÷महिला खेलाडी छनोट गरेको जनाएको छ ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको तीनदिने छनोटमा समान १४–१४ पुरुष÷महिला खेलाडी सहभागी थिए । राउन्ड रोविन लिगका आधारमा भएको प्रतिस्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडी छनोट भएका हुन् ।

छनोट भएका सबै खेलाडी विभागीय टोलीका हुन् । नेपाल प्रहरीबाट सर्वाधिक ३ खेलाडी छानिए । प्रहरीबाट पुरुषमा राष्ट्रिय च्याम्पियन श्यान्टू श्रेष्ठ र पूर्व राष्ट्रिय च्याम्पियन दीप साउन तथा महिलामा लगातार सात पटककी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठ छनोट भए । आर्मीबाट महिलामा स्वेच्छा नेम्वाङ र रविना महर्जन छानिए । बाँकी एक पुरुष खेलाडीमा एपीएफबाट अमरलाल मल्लले एसियाड यात्रा पक्का गरे ।

लिगको पुरुषमा श्यान्टु, दीप र अमरले क्रमशः शीर्ष तीन स्थान हात पारे । त्यस्तै महिलामा नविता, स्वेच्छा र रविना पहिलोदेखि तेश्रो बने । दीप, अमर, नविता र रविनाले एसियाडको अघिल्लो संस्करण पनि खेलेका थिए ।

तेक्वान्दो संघद्वारा अनाथ आश्रामलाई सामाग्री
काठमाडौं । विश्व तेक्वान्दो महासंघ ९डब्लटिएफ० र नेपाल तेक्वान्दो संघले तेक्वान्दो केयर्स नेपाल कार्यक्रम मार्पmत अनाथ आश्रामलाई तेक्वान्दो सामग्री हस्तान्तरण गरेको छ । सोमबार नेपाल तेक्वान्दो संघमा आयोजित कार्यक्रममा विभिन्न ९ आनाथ आश्रमलाई खेल सामग्री हस्तान्तरण गरिएको छ । सोमबार नै नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले ९ संस्थालाई खेल समाग्री हस्तान्तरण गरे । संघले कुल ६ लाख बराबरको खेल सामग्री ९ संस्थालाई हस्तान्तरण गरेको हो ।

खेल सामग्रीमा चेस्ट कभर, किकिङ प्याड, ग्रोइन गार्ड, सिन गार्ड, फोम गार्ड र हेड गार्ड रहेका छन् । सोही अवसरमा नयाँ समाज नेपालका प्रशिक्षक अर्जुनभक्त राइले संघले अनाथ बालबालिकालाई खेल प्रति बनाएको लगाव निकै साह्रानीय रहेको बताए ।

उनले यस्ता कार्यक्रम अगामी दिनमा पनि हुन सके तेक्वान्दो खेल नयाँ सिराबाट विकास हुने कुरा औल्याँए । सो अवसरमा संघका प्रवक्ता एवं सचिव दीपक विष्ट , केन्द्रीय सदस्य नोर्बु लामा र बद्री घिमिरेलगायतको उपस्थिती रहेको थियो । यसअघि डब्लुटिएफकै सहयोगमा संघले ९ संस्थामा आफ्नै प्रशिक्षक मार्पmत प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको थियो ।

उक्त तेक्वान्दो केयर्स नेपाल गत वर्षको मार्चदेखि डिसेम्बरमा सम्पन्न भएको थियो । सोही अवधीमा संघले अनाथ आश्रमबीच तेक्वान्दो प्रतियोगितालगायत विभिन्न कार्यक्रम गरिसकेको छ । उक्त कार्यक्रम मार्पmत कुल २९५ बालबालिका तेक्वान्दो खेलबाट लाभन्वित भएको संघले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१