थाइराइडबाट छुटकारा पाउन यी हुन् उपयोगी खानेकुरा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०७५, बुधबार ०५:५७

थाइराइडले अहिले धेरैलाई सताइरहेको छ । यो समस्या पुरुषको तुलनामा महिलाहरुले बढी झेलिरहेका छन् । थाइराइड मेटाबोलिज्मसँग सम्वन्धित रोग हो । थाइराइड घाँटीको अगाडि तथा स्वरतन्त्रको दुवैतर्फ हुन्छ । यो ग्रन्थी पुतली आकारको हुन्छ । थाइराइड दुई प्रकारको हुन्छ, हाइपरथाइराइडिज्म र हाइपोथाइराइड ।

थाइराइडमा वा त अचानक तौल बढ्छ वा घट्छ । थाइराइडलाई ठीक गर्ने औषधिहरु छन् तर यसले केही समयसम्म मात्र काम गर्छ ।

तर थाईराइडबाट दीर्घकालिन छुट्कारा पाउने हो भने आफ्नो खानपिनमा सुधार गर्नुपर्छ ।

आयोडिन

थाइराइडका रोगीले आयोडिनयुक्त भोजन गर्नुपर्छ । आयोडिनले थाइराइड ग्रन्थिको दुष्प्रभावलाई कम गर्छ ।

बदाम, काजू र सुर्यमुखीको बिउ

आइरन र कपर पर्याप्त मात्रामा भएका खानेकुराहरुको सेवनबाट थाइराइडको फङ्सनमा सहयोग पुग्छ । आइरनका लागि आफ्नो डाइटमा बदाम, काजू र सुर्यमुखीको बिउ समावेश गर्नुपर्छ ।

अप्रसोधित अन्न

अप्रसोधित अन्नमा बढि मात्रामा भिटामिन, मिनरल, प्रोटीन र फाइबर हुन्छ । यी अन्न खानाले शरीरको रोग प्रतिरोधक क्षमता बढ्छ । पुरानो खैरो चामल -ब्र्राउन राइस), ओट, जौ, रोटी, पास्ता र पपकर्न खानुपर्छ ।

माछा

नन भेज खानेहरुले माछा अवश्य खानुपर्छ, किनकी यसमा बढि मात्रामा आयोडिन पाइन्छ । त्यसो त सबै माछाहरुमा आयोडिन पाइन्छ, तर समुद्री माछामा अत्यधिक मात्रामा पाइन्छ ।

साथै सेलफिश र झिंगा जस्ता समुद्री माछाहरु खानुपर्छ जसमा बढि मात्रामा ओमेगा-३ फ्याटी एसिड पाइन्छ । ट्यूना, सामन, म्याकरेल, साडिन, हलिबेट, हेरिङ र फ्लाउन्डर ओमेगा-३ फ्याटी एसिडको प्रमुख आहारा स्रोत हुन् ।

दूध र दही

दूध र दहीमा पर्याप्त मात्रामा भिटामिन, मिनरल्स, क्याल्सियम र अन्य पोषक तत्व पाइन्छन् । दही खानाले शरीरमा रोग प्रतिरोधक क्षमता बढ्छ । प्रोबायोटिक्स थाइराइड रोगीहरुमा गेस्ट्रो इन्टेस्टाइनललाई स्वस्थ बनाइराख्न मद्दत गर्छ ।

फल र तरकारी

फलफुल र तरकारी एन्टिअक्सिडेन्ट्सको प्राथमिक स्रोत हुन् जसले शरीरलाई रोगहरुसँग लड्न सहयोग गर्छ । तरकारीहरुमा पाइने फाइबरले पाचन क्रियालाई बलियो बनाउँछ, जसले खाना राम्रोसँग पच्छ । थाइराइड भएका व्यक्तिहरुले मुलेठीको सेवन गर्नुपर्छ । यसमा त्यस्ता पोषकतत्व पाइन्छन् जसले थाइराइड ग्रन्थिलाई सन्तलित बनाउन मघत गर्छ र थकान मेटाउँछ ।

हरियो र पत्तेदार तरकारी

हरियो र पत्तेदार तरकारी थाइराइड ग्रन्थिका क्रियाहरुका लागि राम्रो हुन्छ । हाइपरथाइराइजिड्मले हड्डीहरुलाई पातलो र कमजोर बनाउँछ । त्यसैले हरियो र पत्तेदार तरकारीहरुको सेवन गर्नुपर्छ यिनीहरुमा भिटामिन डी र क्याल्सियम हुन्छन् जसले हड्डीहरुलाई बलियो बनाउँछ ।

रातो र हरियो खुर्शानी, टमाटर र ब्लूबेरी खाँदा शरीरभित्र बढि मात्रामा एन्टिअक्सिडेन्ट जान्छ । त्यसले थाइराइडका रोगीहरुले फल तथा हरियो तरकारीको सेवन गर्नुपर्छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१