युवकले सर्पलाइ मुखमै हाल्दा पनि केहि गरेन (भिडियो सहित)

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ बैशाख २०७५, बुधबार ०५:३६

मोरङको इटहरा- २ कटुवाबाँधमा अवस्थित गोपेश्वर शिवालय मन्दिर परिसरमा एउटा सर्पले अनौठो ब्यवहार देखाएपछि हेर्ने र पुजा गर्ने मानिसको भिड लाग्न थालेको छ । मन्दिर परिसरमा गत साता देखिएको सर्पले मानिसलाई नटोक्ने र हातमा र मानिसको गलामा सजिलै माला लाग्ने लगायतको ब्यवहार देखाउन थालेपछि स्थानीयहरुले नागदेवताको रुपमा पूजा गर्न थालेको स्थानीय एक्ले श्रेष्ठले जनाएका छन्् । श्रेष्ठका अनुसार आफूले सो नागलाई घाँटीमा माला लगाई घरमा लगी पुजा गरेर पुनः मन्दिर परिसरमा ल्याएको बताएका छन् ।

स्थानीयका अनुसार दर्शन दिनुहोस् प्रभु भनी ढोगेपछि नागले आफ्नो टाउको उठाएर दर्शन दिएको र हिंडेर देखाई दिनुहोस् भनी अर्चना गरेपछि मन्दिर बरिपरि घुमेर पुनः मन्दिर परिसरमा रहेको पोखरी नजिक आएर बसेकोले उपस्थित स्थानीयहरु अचम्ममा परेको इटहरा सोमबारेका खगोल न्यौपानेले बताए । भिडियो

https://youtu.be/ZOdZoSFU8Dc

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख ७, २०८१