यी हुनेछन् सन् २०३० का सबैभन्दा ठूला शहर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ बैशाख २०७५, मंगलवार ०६:०४

मानव जनसङ्ख्या डरलाग्दो हिसाबले बढिरहेको छ । सन् २०५० सम्म संसारमा १० अर्ब मानिसहरु हुनेछन् ।

यो कुरा हामी धेरै पहिलेदेखि सुनिरहेका छौं, त्यसो भए यी बृद्धि कहाँ हुनेछ त रु

आज विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको शहर टोकिया हो । यहाँ ३ करोड ८० लाख मानिसहरु बस्दछन् ।

न्यूयोर्क सहर अझै पनि शीर्ष १० स्थानभित्र पर्छ । यहाँ ८५ लाख मानिसहरु बसोबास गर्छन् । तर आउदो तीन दशकमा यो बदलिनेवाला छ ।

यो समयमा अमेरिका र युरोपमा जनसङ्ख्या स्थीर हुनेछ भने मध्य–पूर्व , एशिया र अफ्रिकामा भने जनसङ्ख्या बृद्धि तीब्र हुनेछ ।

संयुक्त राष्ट्रको विश्व शहरीकरण सम्भवना अनुसार सन् २०३० सम्ममा यी सहरहरु विश्वको सबैभन्दा ठूला दश शहर हुनेछन्ः

१ टोकियो, जापान : ३ करोड ७२ लाख मानिस
२ दिल्ली, भारत : ३ करोड ६१ लाख मानिस
३ सांघाई, चीन : ३ करोड आठ लाख मानिस
४ मुम्बई, भारत : २ करोड ७८ लाख मानिस
५ बेइजिङ्ग, चीन : २ करोड ७७ लाख मानिस
६ डाका, बङ्लादेश : २ करोड ७४ लाख मानिस
७ कराची, पाकिस्तान : २ करोड ४८ लाख मानिस
८ काएरो, इजिप्ट : २ करोड ४५ लाख मानिस
९ लाओस, नाइजेरिया : २ करोड ४२ लाख मानिस
१० मेक्सिको सिटी : २ करोड ३९ लाख मानिस

ग्लोबल सिटिज इन्स्टिच्युट अनुसार सन् २०७५ सम्म लोकतान्त्रिक गणतन्त्र कङ्गोको किन्सासा शहर विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको शहर हुनेछ । त्यस्तै सन् २१०० सम्म यसलाई नाइजेरियाको लागोसले उछिन्नेछ । त्यसबखत लाओसमा ८ करोड ८० लाख मानिसहरु बसोबास गर्नेछन् ।
-एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, बैशाख १४, २०८१