राती ब्रा लगाएर सुत्दा के हुन्छ ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ बैशाख २०७५, मंगलवार ०५:४२

तपाई राती सुत्दा समेत ब्रा खोलेर सुत्नुहुदैँन ? यदी त्यस्तो गर्दै हुनुहुन्छ भने तपाई गलत गर्दैहुनुहुन्छ । चौबीसै घण्टा ब्रा लगाउँदा तपाईंको स्वास्थ्यमा कस्तो समस्या निम्तिन्छ भन्ने बारे तपाईं जानकार हुनुहुन्छ होला । तर तपाईंलाई सुन्दा अचम्म लाग्ला कि स्वास्थ्यका साथै सुन्दरताको लागि पनि ब्रा बाधक बन्ने गर्दछ अफिसमा वा बाहिर हुँदा तपाईं ब्रा नलगाई जान सक्नुहुन्न तर राती सुत्दा यसलाई फुकाल्न नबिर्सिनुहोस् । यस्तो गर्दा तपाईंको छालालाई निकै फाइदा पुग्छ । राती ब्रा बिना सुत्दा छालालाई हुने फाइदाहरु यस्ता रहेका छन् ।

स्वस्थ र डण्डीफोररहित छालाः
हाम्रो शरिरको संचार प्रणालीको एउटा भाग हो थिmउजबतष्अ कथकतझ । यसमा रहेको थिmउ ागिष्म ले ह्वाइट ब्लड सेल्सलाई संचारित गर्न मद्दत गर्दछ र छालालाई इन्फेक्सनबाट बचाउँछ । यसका साथै यो फ्लुड छालामा रहेको टक्सिन, अत्यधिक हर्मोन र फोहोर निकाल्न मद्दत गर्दछ । यसरी यो छालाको प्वाललाई बन्द हुन बचाएर डण्डीफोर र ब्ल्याकहेडको समस्याबाट छुटकारा दिलाउँछ । जब तपाईं ब्रा नलगाइ सुत्नुहुन्छ भने स्तनमा यो फ्लुडको संचार राम्रो तरिकाले हुन्छ जसले छाला स्वस्थ रहन सहयोग गर्दछ ।

डार्क सर्कलबाट छुटकाराः
ब्रा फिटिङ र इल्यास्टिकयुक्त हुने भएकाले तपाईं आरामसँग सुत्न पाउनुहुन्न । त्यसकारण तपाईं पटक–पटक निन्द्रामा ब्यूझनुहुन्छ । यस्तै गरी जब तपाईं बिना ब्रा सुत्नुहुन्छ तब तपाईं निकै गहिरो निन्द्रामा पर्नुहुन्छ । गहिरो निन्द्राको अर्थ तपाईं डार्क सर्कलबाट मुक्त हुनु हो ।

स्किन ड्यामेज रिपेयरमा हुँदैन रोकावटः
राती जब तपाईं सुत्नुहुन्छ तब पूरा दिन तपाईंको शरिरमा भएको नोक्सानीको भरपाई हुन्छ । अर्थात, राती शरिरमा शेल रिजेनेरेसन र क्लेजन प्राडक्सनको काम हुन्छ । यस्तोमा जब तपाईं बिना ब्रा सुत्नुहुन्छ तब तपाईंको शरिरले मज्जाले सास लिन पाउँछ । यसले तपाईंको शरिरलाई अक्सिजनको भरपुर मात्रा पुर्याउन मद्दत गर्दछ जसले अन्ततः छाला स्वस्थ बनाउँछ ।

अनुहारमा ग्लो आउँछः
ब्रा नलगाई सुत्दा शरिरमा रक्त संचार राम्ररी हुन पाउँछ । ब्रा लगाएर सुत्नुहुन्छ भने यसो हुन पाउँदैन । जब रक्त संचार राम्रो तरिकाले हुन्छ तब हाम्रो शरिरमा पर्याप्त मात्रामा अक्सिजनको प्रवाह हुन्छ जसले छालालाई चम्किलो बनाउन मद्दत गर्दछ । एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख ६, २०८१