रोजगारी सृर्जना हुने खालकाे पाठयक्रम निर्माणका लागि राष्ट्रपतिको आग्रह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ बैशाख २०७५, सोमबार ०५:२७

सिन्धुपाल्चोक। राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय जनताको मागलाई सम्बोधन हुने गरी विद्यालय तहको पाठयक्रम निर्माण गर्न सरकारसँग आग्रह गरेकी छन्। राष्ट्रपति भण्डारी युवालाई स्थानीय स्तरमै रोजगारीको अवसर सृर्जना हुने गरी शैक्षिक जनशक्ति निर्माण गर्न पनि गम्भीर ध्यानाकर्षण गराइन्। आइतबार एसओएस बालग्रामले निर्माण गरेको सिन्धुपाल्चोकको भीमटारस्थित भीमेश्वर माध्यमिक विद्यालय भवन उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विकासको मूल आधार शिक्षाका माध्यमबाट समाजमा रहेका सबै खालको विकृतिहरू अन्त्य गर्नुपर्नेमा पनि जोड दिइन्। राष्ट्रपति भण्डारीले अभिभावक गुमाएका बाल बालिकाको शिक्षामा एसओसएस बालग्रामले पुर्‍याउँदै आएको योगदानको पनि खुलेरै प्रशंसा गरिन्। त्यसैगरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सरकारले सुन्दर र विकसित राष्ट्र निर्माण गर्ने अभियानलाई सरकारले अघि बढाएको दावी गरे। मन्त्रीले सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावतीलाई आधुनिक सहर बनाउने आश्वासन दिए। यसरी नै माओवादी केन्द्रका नेता अग्नी सापकोटाले निजी आवास निर्माणका लागि दिने सरकारी अनुदानलाई सहज बनाउन आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गरे। नेता सापकोटाले भूकम्पपछिको पुनर्निर्माणका लागि दिने सहुलियतपूर्ण ऋण लिने प्रक्रियालाई सहज बनाउने पनि बताए। एसओसएस बालग्रामले भूकम्पपछिको पुनर्निर्माणमा सिन्धुपाल्चोकको भीमटारमा १७७ वटा नयाँ घर निर्माण गरिसकेको छ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, बैशाख ११, २०८१