के कारणले स्मरणशक्ति कमजोर हुन्छ ? कसरी बढाउन सकिन्छ स्मरणशक्ति ? यस्तो छ टिप्स

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ बैशाख २०७५, शनिबार ०५:३२

केही काम/कुराहरु छिटै भुल्ने तथा लामो समयसम्म स्मरणमा राख्न नसक्ने समस्या धेरैको हुन्छ । कहिलेकाहीँ यस्तो हुनु रोग भनि हाल्नु चाही हुदैन तर सधै यस्ता क्रियाकलाप दोहोरियो भनेचाहिँ राम्रैसँग सोच्नुपर्ने हुन्छ ।

स्मरणशक्ति कमजोर हुनु वा बिर्सनुको मुख्य कारण एकाग्रताको कमी हो । नियमित यस्तो समस्या देखिएमा मस्तिष्कको रिकल प्रोसेसका लागि आवश्यक पोषण तत्वको कमीले पनि हुन सक्छ । एजेन्सीको सहयोगमा तयार पारिएको सामाग्री :

स्मरणशक्ति बढाउन

स्मरणशक्तिलाई तीव्र बनाउन पातदार तरकारीको प्रयोग गर्न सक्नुहुन्छ । भिटामिन बी–१ र बी–१२ युक्त खाद्यपदार्थको नियमित प्रयोग गर्नुस् । त्यस्तै, खानामा नियमित घ्यूको प्रयोगले पनि स्मरणशक्ति बढाउने काम गर्छ । प्रत्येक दिन एक गिलास दूध, बदाम, एबोकाडो, माछाको प्रयोगले पनि स्मरणशक्ति मजबुत बनाउन भूमिका खेल्छ ।

स्मरणशक्ति बढाउन योग पनि महत्वपूर्ण साबित हुन सक्छ । योगले मानसिक स्वास्थ्यमा सकारात्मक योगदान पु-याउने गर्छ । नियमित व्यायाम गर्दा पनि मस्तिष्कको रक्तरसञ्चारमा वृद्धि हुन्छ र स्मरणशक्ति बढ्दै जान्छ ।

पूरै निद्रा सुत्नुस् । पूरै निद्रा सुत्दा पूरै दिनको घटना दिमागमा सहजै बस्न मद्दत पुग्छ ।

तनावबाट टाढा रहनुस् । मनोरञ्जन गर्नुस् । साथी र परिवारसँग समय बिताउनुस् वा त्यस्तो काम गर्नुस् जुन कामले तपाईंलाई खुसी मिल्छ ।

स्वस्थ भोजनको कमी

भारी मात्रामा खाना खानुलाई मानसिक स्वास्थ्यका लागि त्यति राम्रो मानिदैन । यसका अतिरिक्त मसलेदार र तेलयुक्त खानाले पनि स्वास्थ्यमा हानि पु-याउँछ । मस्तिष्कलाई असर पु-याउने अर्को बानी भनेको अत्यधिक सेवन हो । यसले पनि स्मरणशक्तिलाई कमजोर बनाउन भूमिका खेल्छ । मासु र प्रोसेस्ड खाद्यपदार्थको प्रयोगले मस्तिष्कको क्रियाकलापमा हानि पु-याउने काम गर्छ । भिटामिन बी–१ र बी–१२ को कमीका कारण मानसिक स्वास्थ्य प्रभावित हुन्छ ।

बढ्दो उमेर

स्मरणशक्ति कमजोर हुनेबारे सबैलाई थाहा भएको कारण हो, बढ्दो उमेर । मानिसको उमेर बढ्दै जाँदा पनि स्मरणशक्तिमा ह्रास आउने गर्छ । तर, यो जरुरी छैन कि उमेर बढ्यो भन्दैमा स्मरणशक्ति कमजोर भइहालोस् । यति मात्र हो, उमेर बढ्दै जाँदा मस्तिष्क कोषिका निर्माणको प्रोसेस प्रभावित हुन्छ । मस्तिष्क कोषिकाले नै स्मरणशक्ति बढाउने हो ।

औषधिको बढी प्रयोग

अल्जाइमरजस्ता रोगले पनि स्मरणशक्तिमा हानि पु¥याउने काम गर्छ । यस्ता रोगले मस्तिष्कको कोषिकालाई नोक्सान पु¥याउने काम गर्छन् । त्यस्तै, थाइराइडको हर्मोनले पनि स्मरणशक्तिमा असर पारेको हुन्छ । यसका साथै निकै बढी ओभर द काउन्टरजस्ता औषधिको सेवनले स्मरणशक्तिमा थप असर पार्छ ।

ड्रग्स सेवन

ड्रग्सको अत्यधिक सेवन पनि तपाईंको स्मरणशक्ति कमजोर बन्ने कारण हुन सक्छ । ड्रग्सले मस्तिष्कको कैयौँ भागमा सीधा प्रभाव पार्ने गर्छ । तम्बाखु, चुरोटजस्ता पदार्थको सेवन स्मरणशक्ति कमजोर हुने अर्को कारण हो । यस्ता पदार्थको सेवनले मस्तिष्कको कोषिकामा कम अक्सिजन पुग्छ । परिणाम स्मरणशक्ति कमजोर बन्दै जान्छ ।

निद्राको कमी

थुप्रै अध्ययनले देखाएको छ कि निद्राको कमीले मानिसको स्मरणशक्ति कमजोर बन्छ । कम निद्राले मस्तिष्कको याद गर्ने क्षमतालाई प्रभावित पार्ने गर्छ । जब हामी सुत्छौँ, त्यतिवेला दिभरका क्षण दिमागमा सजिलै स्टोर हुन्छ । यदि कुनै व्यक्तिलाई पर्याप्त निद्रा पर्दैन भने यसको असर स्मरणमा पर्न जान्छ ।

तनाव

तनाव र दुःखीपनाले पनि स्मरणशक्ति कमजोर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको हुन्छ । तनावले मस्तिष्कको स्टोरेज प्रक्रियामा समेत असर पु-याउने गर्छ ।

यसरी बढाउन सकिन्छ स्मरणशाक्ती हेर्नुहोस:

पढ्ने बानी

विभिन्न लेख, रचना, साहित्यिक,उपन्यास पढ्ने बानि गर्नु पर्दछ जसले दिमागलाई ताजा र परिचालित बनाई राख्दछ ।

पर्याप्त निद्रा

निद्राको कमीले स्मरण क्षमतामा असर पुग्दछ । त्यसैले दिमागलाई अलर्ट राख्न वा चनाखो राखेर स्मरण क्षमता बढाउनका लागि पर्याप्त निद्रा लिनु आवश्यक हुन्छ ।

दिमागी कसरत

क्रसवर्ड, पजल्स, चेस, भिडियो गेम जस्ता खेलहरुले दिमागी कसरत हुन्छ र स्मरणशक्तिलाई तिक्ष्ण बनाउन मद्दत गर्दछ ।

नियमित व्यायाम

नियमित रुपमा व्यायाम गर्दा मस्तिष्कमा सन्तुलित रुपमा रक्तसंचार हुन्छ । यसले मस्तिष्कलाई स्वस्थ राख्नुका साथै स्मरण क्षमतामा पनि वृद्धि हुन्छ ।

योगा

योगालेे मस्तिष्कको शान्ति प्रदान गर्दछ जसका कारण मानिसमा एकाग्रतामा वृद्धि हुने र स्मरण क्षमतामा वृद्धि हुन्छ ।

स्वस्थ खाना

बदाम, ओखर, हरियो सागपात, गि्रन टी, डार्क चकलेट तथा खानेकुराहरुको सेवनले पनि स्मरणशक्ति बढाउन सहयोग गर्दछन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, चैत्र १५, २०८०